मेलर्बनको २६ वटा सब्बमा ड्रोनबाट खाना र सामाग्री डेलिभरि
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनको २६ वटा सबबमा ड्रोनबाट खाना, खाजा र सामाग्रीको डेलिभरी सुरु भएको छ । डोरड्यास नामक डेलिभरि कम्पनीले मेलर्वनको मरुन्दाह सिटी काउन्सिलको इस्टल्याण्ड सपिङ सेन्टरमा मुख्य स्टेशन राखेर वरपरका २६ वटा सबबमा ड्रोनबाट सेवा प्रवाह सुरु गरेको जनाएको छ ।

यी सबबहरुमा बढीमा १५ मिनेट भित्र डे«ानले सामान पु¥याउने कम्पनी दाबी गरेको छ । एकहप्ता अघि सुरु गरिएको ड्रोन सुविधाले स्थानीयलाई निकै फाइदा भएको बताईएको छ । ड्रोनले एकसय १० किलोमिटर प्रतिघण्टाको गतिमा ७ किलोमिटरसम्म यात्रा तय गर्न सक्छ भने एक केजी भन्दा बढी सामान बोक्न सक्नेछ । डोरड्यासले यसलाई वीइङग नाम दिएको छ ।

डोरड्यासका प्रवक्ता जेसी सुस्किनले ड्रोन सुविधा सुरक्षित र वातावरणमैत्री समेत भएको दाबी गरेका छन् । ‘यस क्षेत्रका २६ वटा सबवका २ लाख ५० हजार सर्वसाधारणलाई यसले सुविधा दिनेछ’ उनले भनेका छन्, ‘सुरुवाती चरणमा प्रयोगकर्ताहरुको साथ हामीलाई उत्साह पनि थपिएको छ ।’ डोरड्यासले चार बर्षअघि क्वीइन्सल्याण्डको ग्रामिण भेगमा पनि ड्रोनबाट सामान पु¥याउने सेवा सुरु गरेको थियो ।

(Visited 28 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services