
सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित बालाराट क्षेत्रमा वशोवाश गर्ने नेपाली समुदायको साझा संस्था बालाराट नेपालि समाजले हरितालिका तीजको अवसरमा तीजमेला आयोजना गर्ने भएको छ ।
नेपाली पम्परा, भाषा, कला र संस्कृति जर्गेनासँगै एकआपसमा साथ, सहयोग र सहकार्य गर्दै आएको समाजले आगामी अगस्ट ३१ तारिख पहिलो पटक तीजमेला आयोजना गर्न लागेको हो । प्रवासमा रहेपनि नेपालीहरुको महत्वपूर्ण पर्व तीजलाई भव्य रुपमा मनाउन मेला आयोजना गरिएकोे समाजका अध्यक्ष अभिलाशा शर्माले जानकारी दिनुभयो ।

मेलामा नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक एवम् कलाकार राजु परियार र गायिका शिला आलेको विशेष साँगेतिक प्रस्तुती रहनेछन् ।समाजका उपाध्यक्ष, नवराज गौतमले स्थापनाकाल देखि नै समाजले बालाराट क्षेत्रमा विभिन्न कार्यहरु गर्दैै आएको बताउनुभयो ।गुडविल फाईनान्सको मुख्य प्रायोजन रहने तीजमेलामा करिब तीन सय भन्दा बढी दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ । मेलाको आवश्यक तयारीलाई विभिन्न ढँगले अघि बढाईएको आयोजकले जनाएको छ ।

एक्सपर्ट एजुकेशन एंड भिषा सर्भिसेस बार्षिक सहयोगीको रुपमा रहेको छ भने तीज मेलालाई सफल बनाउन सन टु सोलार , कोल्थ लाईन क्याफे, मुगलान हव ईन्टरटेन्डमेन्ट, फलाईट कनेक्ट र आरएसिभि रिसोर्टको तथा ईभेन्ट्स सेवाको सहयोग रहनेछन्। त्यसैगरि कार्यक्रमलाई व्यवस्थित बनाउन बालाराट नेपालि फुटबल क्लब र (पाठशाला) बालाराटले स्वयसेवीको भूमिका खेल्ने तय भएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services