सिड्नीमा कोठाको अभाव पूर्ति गर्न २ लाख ४० हजार नयाँ घर बनाईदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा पछिल्लो एकबर्षमा नयाँ घर निर्माणले तीब्रता पाएपनि अझै बार्षिक ७७ हजार घर बनाउनुपर्ने देखिएको छ । घर र कोठाको चरम अभाब भइरहेको बेला संघीय सरकारले पाँच बर्षभित्र १२ लाख घर बनाउने योजनालाई सफल बनाउन सिड्नीमा बार्षिक २ लाख ४० हजार घर बनाउनुपर्नेमा अहिले १ लाख ७३ हजार मात्र निर्माण गर्न सकिने अवस्थामा रहेको छ ।

पर्याप्त घरको अभाबमा सिड्नीमा विगत केहि बर्ष यता सबैभन्दा कोठाको भाडा अस्वभाविक तरिकाले बढ्दा खाशगरि मध्यम आय भएका परिवार र अन्तराष्ट्रिय विद्यार्थीहरु चर्को समस्यामा परेका छन् । सिड्नीमा अहिले ५० लाख जनसँख्या रहेको छ । न्यू साउथ बेल्स राज्यका मुख्यमन्त्री कृश मिन्सले ६ वटा ट्रेन स्टेशन आसपासमा थप १ लाख ६० हजार घर निर्माण गर्ने घोषणा गर्दै संघीय सरकार र राज्य सरकारले मिलेर उक्त उद्देश्य पुरा गरिने बताएका छन् ।

सिड्नीको व्याङस्टाउन, पारामाटा, रकडेल, बेलमोर, इलावारा र इनरवेस्ट क्षेत्रमा सबैभन्दा बढी घर निर्माण गर्न सकिने सरकारी अध्ययनले देखाएको छ । निर्माण व्यवसायीहरुले भने ‘हाउजिङ सेक्टर’ मा पर्याप्त जनशक्ति नहुँदा सरकारी लक्ष्य पुरा गर्न समस्या हुने बताउदै आएको छ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services