सिड्नीमा दैनिक उपभोग्य बस्तुको मुल्य आकाशियो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियामा बढ्दो महँगीका कारण सर्वसाधारण चर्को मारमा परेका छन् । महँगीका कारण गृहिणी देखि अन्तराष्ट्रिय विद्यार्थीहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । जुलाई १ बाट अस्ट्रेलियामा दैनिक उपभोग्य बस्तु, सार्वजनिक यातायात, घरभाडा र सार्वजनिक सेवाको पहुँच शुल्कमा भारी मात्रामा बृद्धि भएको छ ।

बर्षेनी कामदारको न्यूनतम तलब बृद्धि हुने भएपनि महँगी स्थिर बन्न नसक्दा, सर्वसाधारणको खल्तीमा बचत रकम बढ्न नसकेको यहाँ अर्थविदहरुले बताएका छन् । फाइन्डर नामक एक वेभसाइटले सार्वजनिक गरेको तथ्यांकमा एकबर्षमा दैनिक उपभोग्य बस्तुको मुल्य ७७ प्रतिशतसम्म बढेको देखाएको छ । ‘यसरी मुल्यबृद्धि हुँदा सर्वसाधारणहरु आर्थिक रुपमा निकै दबाबमा बस्नुपरेको छ’, फाइन्डरले उल्लेख गरेको छ ।

खाने तेल, विभिन्न प्रकारका चिप्सहरु, आलु देखि चामलसम्मको मुल्य अस्वभाविक रुपले बढेको पाईएको छ । फाइन्डरका एक अधिकारीले बचत बढाउनका लागि स्मार्ट सपिङ गर्नुपर्ने सुझाब दिएका छन् ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services