अस्ट्रेलियाको आठ शहरमा नेपाल फेस्टिभल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको विभिन्न आठ शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले राज्य समिति तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर सन् २०२४÷२५ मा मुख्य शहर सिड्नी र मेलर्बनसहित ८ शहरमा फेस्टिभल आयोजना गर्न लागेको हो ।

एनआरएनए अस्ट्रेलियाले दिएको जानकारी अनुसार, सेप्टेम्बर २४ मा पर्थ, नोभेम्बर २३ मा सिड्नी, सन् २०२५ को मार्च १५ मा मेलर्बन, ६ अप्रिलमा ब्रिसवेन, १२ अप्रिलमा एडिलेड, १४ जुनमा डार्विनमा फेस्टिभल आयोजना हुनेछन् । त्यस्तै, होर्बाट र क्यानवेरामा पनि फेस्टिभल आयोजना हुने भएपनि मिति पनि तय भइसकेको छैन । प्रवासमा नेपाली भाषा, कला, संस्कृति र परम्पराको जर्गेना गर्न मुख्य–मुख्य शहरमा फेस्टिभल आयोजना गर्न लागिएको एनआरएनएले जनाएको छ ।

फेस्टिभबलमा नेपाली कला र संस्कृति झल्किने गरि नेपाल परेड, नेपाली परिकारहरुको स्टलका साथै ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुती हुने एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिएका छन् ।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services