‘योर्कर किङ’ अबिनाशद्धारा एनपिएलको ट्रफी सार्वजनिक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अगस्ट ३ बाट सुरु हुने तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्सको मुख्य प्रायोजनमा हुने एनपिएलको ट्रफी नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर अबिनाश बोहोराले सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गर्दै नेपाली क्रिकेटमा योर्कर किङको छवि बनाएका बलर बोहोराले प्रवासमा रहेका नेपाली समुदायको क्रिकेट प्रतिको अथाह लगाबले आफुलाई एकदमै खुशी मिलेको बताए । ‘एनपिएलले यहाँ रहेका नेपाली समुदायका खेलाडीहरुलाई आफ्नो प्रतिभालाई थप मजबुत बनाउन महत्वपूर्ण प्लेटफर्म बन्नेछ’ उनले भने, ‘यहाँ राम्रो खेल्ने खेलाडीहरुलाई कसरी नेपालसम्म जोड्ने भन्ने तर्फ पनि ध्यानदिनुपर्छ ।’ उनले नेपाली समुदायका बालबालिका तथा युवा पुस्ताहरु क्रिकेटतर्फ आकर्षित भइरहेको सन्दर्भमा सिड्नीमा एउटा नेपाली क्रिकेट एकेडेमीको आवश्यकता महसुस भएको समेत बताए ।

आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठले ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उक्त अवसरमा, चारै फ्रेन्चाइज टोलीका टिम व्यवस्थापन र कप्तानहरुसँग एनपिएलको विविध पक्षका विषयमा अन्तरसंवाद गरिएको थियो । आयोजकका प्रतियोगिताको उद्घाटन सत्रमा नेपालको तर्फबाट एनसिएए र बंगलादेशको बिसिएल बीच मैत्रीपूर्ण खेल समेत हुनेछ । त्यसपछि हरेक सप्ताहन्तमा खेल सञ्चालन हुनेछ ।

एनपिएलका लागि चार वटा फ्रेन्चाइज टोलीहरु पिरना से–फोक्सुण्डो स्टाइर्कस्, भाइब्रेन्ट बेगनास स्टार, रे प्रपर्टीज् गोक्यो हिरोज र तिलिचो टाइटन्स्ले अक्सन मार्फत खेलाडीहरु अनुबन्धन गरिसकेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । तेस्रो संस्करणमा विजेता, उपविजेता र खेलाडीलाई गरि पुरस्कारमा मात्रै २९ हजार डलर खर्च गरिने एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षत्रीले जानकारी दिए । एनपिलको पहिलो संस्करणको उपाधि पिरना से–फोक्सुण्डो स्टाइर्कसले जित्दा दोश्रो संस्करणमा  रे प्रपर्टीज् गोक्यो हिरोज च्याम्पियन बनेको थियो ।

(Visited 141 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services