विश्वको सबैभन्दा बस्न योग्य शहरको सूचीमा मेलर्बन तेस्रो, सिड्नी सातौ
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ अनुसार विश्वमा सबैभन्दा बस्नलायक सहरहरुको नयाँ सूची सार्वजनिक भएको छ । जसमा अस्ट्रेलियाको मुख्य शहर मेलर्बन चौथो र सिड्नी सातौँ स्थानमा समावेश रहेका छन् ।

सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सुची तयार पारिएको बताईएको छ । कुल ९७ अंकसहित चौथो स्थानमा परेको मेलबर्नले सांस्कृतिक विविधता, स्वास्थ्य र शिक्षा विधामा पूर्ण अंक प्राप्त गरेको छ भने, सुविधा सम्पन्न पूर्वाधार प्रणाली तथा वातावरणलाई पनि मुख्य आधार बनाईएको छ ।

त्यस्तै, करिब ५५ लाख वशोवाश रहेको सिड्नीमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधार, बहुआयामिक कलात्मक दृश्य र सांस्कृतिक आकर्षणको विविधताका कारणसातौं स्थानमा पर्न सफल भएको उल्लेख छ । विश्वको सबैभन्दा बस्नलायक शहरको पहिलो नम्बरमा अस्ट्रियाको भियना शहर रहेका छन् । त्यस्तै दोश्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा स्विजरल्याण्डको जुरिच, पाँचौमा क्यानडाको काल्गरि, छैठौमा स्वीजरल्याण्डकै जेनेभा, आठौंमा क्यानडाको भ्यानकुभर, नवौमा जापानको ओसाका र दशौमा न्यूजिल्याण्डको अकल्याण्ड शहर परेका छन् ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services