कन्ट्रक्शन क्षेत्रका कामदारले कति कमाउछन् ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । यदि तपाँईको हातमा उपयुक्त सीप र दक्षता छ, भने अस्ट्रेलियामा आर्कषक पारिश्रामिकको काम पाउन सकिन्छ, त्यसका लागि युर्निभसिटीको सर्टिफिकेट नै आवश्यक पर्दैन् । अस्ट्रेलियाको तथ्यांक विभागले ट्रेडी सेक्टरमा १० आकर्षक तलब पाइने कामको सुची सार्वजनिक गरेको छ ।

जसको पहिलो नम्बरमा, कन्ट्रक्शन म्यानेजर रहेको छ । उनीहरुले बार्षिक एक ९० हजार अस्ट्रेलियन डलरदेखि दुई लाख डलरसम्म आम्दानी गर्न सक्ने देखाएको छ । त्यस्तै, साइट म्यानेजरको एकलाख ३० हजार डलरदेखि एकलाख ५० हजार डलर, माइनरले एकलाख २० हजार देखि एकलाख ४० हजार डलर, बोल्यर मेकरले एकलाख १५ हजार देखि एकलाख ३५ हजार र रिगरले ९५ हजार डलर देखि एकलाख १५ हजारसम्म आम्दानी गर्न सक्नेछन् ।

त्यस्तै, इलेक्टे«शियको बार्षिक ९० हजार डलर, ज्वेलरको ७५ देखि एकलाख डलर, पलम्बर र कारपेन्टरहरुले बार्षिक ६५ हजार डलरदेखि ९० हजार डलरसम्म आम्दानी गरिरहेका छन् । तथ्यांक विभागले पछिल्लो समय कन्ट्रक्शन सेक्टरमा सबैभन्दा बढी कामदार थपिन थालेको जनाएको छ । सन् २०२४ को फेब्रअरीको समाप्तिसम्म १ लाख ४ हजार नयाँ जनशक्ति थपिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services