Archives

मेलर्बनमा छठ पर्व मनाईने

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको मेलर्बनमा भव्य रुपमा छठ पर्व मनाईने भएको छ । मधेशी कम्यूनिटी अफ भिक्टोरियाले नेपालको तराई क्षेत्रमा विशेष रुपले मनाईने छठ पर्व यसबर्ष नोम्भेबर ७ र ८ तारिख मेलर्बनमा धुमधामका साथ मनाउन लागेको हो । मेलर्बनमा रहेको अस्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरमा छठको विधीबिधान अनुसार पर्व मनाईने मधेशी कम्यूनिटी अफ भिक्टोरियाका सञ्चार संयोजक सञ्जिब […]

ब्रिसबेन बन्यो अस्ट्रेलियाको सबैभन्दा खुशी शहर

१ वर्ष अगाडि

सिड्नी । क्वीइन्स्ल्याण्ड राज्यको राजधानी ब्रिसबेन, अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको छ । विश्व ह्याप्पी सिटी इन्डेक्सले विभिन्न मापदण्ड र सर्वेक्षणका आधारमा विश्वभर खुशी शहरहरुको सुची सार्वजनिक गर्दा, ब्रिसबेन विश्वको २१ औै र अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको हो । नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेनमा २५ लाखको हाराहारीमा जनसँख्या रहेको बताईएको छ । […]

अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृत हुने दर उच्च

१ वर्ष अगाडि

सिड्नी । उच्च शिक्षा र रोजगारको आकर्षक गन्तव्य, अस्ट्रेलियामा भिसा आवेदन अस्वीकृत हुने दर ह्वात्तै बढेको छ । गत जुलाई १ गतेबाट नयाँ आप्रवासी नियम कार्यान्वयनमा आएसँगै भिसा आवेदन अस्वीकृत हुने क्रम अस्वभाविक तरिकाले बढेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २०२३ मा २४ प्रतिशत भिसा अस्वीकृत हुने गरेकोमा सन् २०२४ मा ५० प्रतिशत पुगेको […]

ब्रिसबेनमा घट्ला त कोठा भाडाको मुल्य ?

२ वर्ष अगाडि

सिड्नी । घर र अर्पाटमेन्टको अभाबमा कोठाभाडा अत्यधिक महँगो भइरहेको सन्र्दभमा अस्ट्रेलियाको संघीय सरकारले क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा ११ सय घर निर्माण गर्ने घोषणा गरेको छ । नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेन आसपासका क्षेत्रमा अहिले पनि घर र कोठाको अभाबमा अन्तराष्ट्रिय विद्यार्थी र मध्यम आय भएकाहरु समस्यामा रहेका छन् । संघीय सरकारले साउथ […]

अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ लागेको छ । कुनै पनि भिसाको निर्णय हुनुअघि सरकारले आवेदनकर्तालाई दिने भिसाको रुपमा रहेको ब्रिजिङ भिसाको सँख्या एकबर्षको अवधिमा अत्यधिक रुपमा बढेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियन फाइनान्स रिभ्युले गत साता सार्वजनिक गरेको एक रिर्पोटमा ब्रिजिङ भिसाको सँख्या एकबर्षमा १ लाख ९१ हजार २३५ बाट ३ लाख २३ हजार […]

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी निर्वाचित

२ वर्ष अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको हालै सिड्नीमा सम्पन्न अधिवेशनबाट दिपेन्द्रको अध्यक्षतामा सन् २०२४–२६ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश थापा, उपाध्यक्षमा गंगा फगामी,महासचिवमा रिम भण्डारी, सचिवमा किशन पुन, उपसचिवमा नबिन छन्त्याल, कोषाध्यक्षमा उमेश पुन, उप–कोषाध्यक्षमा बिज्ञान जुग्जाली […]

क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

२ वर्ष अगाडि

काठमाडौं । क्यानडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी)ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो । अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल […]

एकै महिनामा विदेश अध्ययनमा १५ अर्ब बाहिरियो

२ वर्ष अगाडि

काठमाडौं । गत साउनमा मात्र विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि पौने १७ करोड खर्चेका छन् । जुन गतवर्षको सोही अवधिको भन्दा कम हो । काठमाडौँ — गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको […]

अस्ट्रेलिया–नेपाल सिधा हवाई उडान गफमा मात्रै सीमित

२ वर्ष अगाडि

सिड्नी । नेपालीहरुको महानपर्व दशैंदेखि अस्ट्रेलिया–नेपाल सिधा हवाई सेवा हुने बताईएपनि त्यो गफमा मात्रै सीमित भएको छ । दुईदेशबीच उडान सम्झौता भएको लामो समय भएपनि सेवा सुचारु हुन नसकेको सन्र्दभमा नेपाल एयरलाइन्सले दशैदेखि सिड्नी–कामठाडौँ सेवा सुचारु गर्ने दाबी गरिएको थियो । एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दाहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र […]

अस्ट्रेलियाका राजनीतिक दलका नेता देखि मुख्यमन्त्रीले दिए दसैंको शुभकामना

२ वर्ष अगाडि

सिड्नी । नेपालीहरुको महानपर्व दसैको माहोलले यतिबेला नेपाल मात्र होइन् नेपालीहरु रहेको विश्वका विभिन्न मुलुकमा चहलपहल बढेको छ । उच्च शिक्षा अध्ययन र रोजगारीको उत्कृष्ट गन्तव्य बनेको अस्ट्रेलियामा रहेको नेपाली समुदायले पनि धुमधामसँगै दसैं मनाउने तयारी गरिरहेका छन् । कलेज, पढाई र कामको व्यवस्थापन गरेर दसै मनाउने तयारी भइरहँदा नेपाली समुदायलाई अस्ट्रेलिया राजनीतिक दलका नेता, […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services