सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रोजगार तथा अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलियाको आयोजनामा मार्च ३१ तारिखमा एकदिवसीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सिड्नीस्थित लिडकमको अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको तयारी, आन्तरिक र आर्थिक व्यवस्थापनको काम भइरहेको समाजका निवर्तमान अध्यक्ष कृष्ण सुनारले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा १० टोली भन्दा बढीको सहभागिता हुनेछ । प्रतियोगितामा विजेता टोलीले दुई हजार पाँच सय अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेता टोलीले एक हजार पाँच सय डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् । समाजका अध्यक्ष दिपक अधिकारीले खेल भावनाको विकाससँगै संस्थाको सामाजिक उत्तरदायित्वका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको बताएका छन् । उनले प्रतियोगितामा सहभागिताका लागि सबैमा आग्रह समेत गरेका छन् । प्रतियोगितालाई सिड्नीको रकडेलमा रहेको नमस्ते ज्वेलर्स लगायत अन्य व्यवसायिक फर्महरुले सहयोग गरेका छन् । सिड्नीमा रहेका नेपाली समुदाय माझ पछिल्लो समय भलिबल खेल निकै लोकप्रिय हुदै जानुका साथै विभिन्न अवसरमा प्रतियोगिताहरु आयोजना हुने क्रम पनि बढ्दै गएको छ ।

(Visited 131 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services