सिड्नी । अस्ट्रेलियाको बेरोजगारी दर तीनबर्ष यताकै उच्च विन्दुमा पुगेको छ । तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको जुलाई महिनाको बरोजगारी दर ४.२ प्रतिशत पुगेको जनाएको छ । यो तथ्यांक सन् २०२१ को नोभेम्बर यताकै उच्च भएको तथ्यांक विभागका एक अधिकारी केइट ल्याम्बले बताएका छन् । अस्ट्रेलिया अर्थतन्त्र निकै सुस्त हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी सिर्जनामा […]
सिड्नी । अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीको सँख्या कमी भएसँगै विश्वविद्यालयहरुले आफ्नो कर्मचारी कटौती गर्न थालेका छन् । सरकारले सन् २०२५ बाट झन् ४० प्रतिशत मात्रै अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने नियम प्रस्ताब गरेपछि विश्वविद्यालयहरु थप संशकित बनेका छन् । युर्निभसिटी अफ सिड्नीले पछिल्लो समय अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा अस्ट्रेलिया आउन नसक्दा त्यसको असर विश्वविद्यालयको आर्थिक स्रोतमा […]
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ ।गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले राजदूत वोल्कलाई भेटेर […]
सिड्नी । कडा आप्रवासी नीतिका कारण थपिएका कठिनाईपूर्ण प्रावधानले एकबर्षमा अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको सँख्या ५० प्रतिशतले घटेको छ । अस्ट्रेलियाको संघीय सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ ।शिक्षा मन्त्रालयको एक तथ्यांक अनुसार हाल ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका छन् […]
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा डा. बद्री केसीको कार्यसमितिलाई कामकाज गर्न नरोक्नू भनी परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ ।सर्वोच्चले गत चैतको परराष्ट्र मन्त्रालयको पत्र बदर गरेको हो । २८ चैत २०८० मा परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पत्र लेख्दै नियमित प्रशासनिक काम बाहेक अरु केही नगर्न भनेको थियो । यसअघि सर्वोच्चले दिएको आदेशमा केसीको […]
सिड्नी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि लिङदेन आउने तय भएको बताईएको छ । प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली […]
सिड्नी । अस्ट्रेलियाले पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि अप्लाई गरेका करिब ६० हजार अन्तराष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत गरेको तथ्यांक सार्वजनिक भएको छ । गत डिसेम्बरमा नयाँ आप्रवासीको सँख्या घटाउने भन्दै सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण कठिनाईपूर्ण प्रावधानहरु पूरा गर्न नसक्दा साविकको भन्दा ६० हजार कम भिषा जारी भएको युनिभसिर्टीस् अस्ट्रेलियाले जनाएको […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अर्ली चाइल्ड हुड (अर्थात) बालबालिका हेरचाह क्षेत्रमा काम गर्ने कामदारको तलब १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी एलबनिजीले बिहीबार उक्त घोषणा गर्दै यसले जनशक्तिको अभाब पुर्ति गर्न सघाउ पुग्ने बताएका छन् । अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रले चरम जनशक्तिको अभाब झेल्दै आएको छ । घोषणा अनुसार, १० […]
सिड्नी । अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले २ रजत पदक र ५ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूहर टिम कुमुतेमा रजत पदक जित्न सफल […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ‘‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना हुने भएको छ । अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आगामी डिसेम्बर २०२४ मा सम्मेलन आयोजना हुने लागेको हो । सम्मेलनमा, नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ । अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले नेपालमा विदेशी लगानीको अवसर र विदेशी […]
© 2023. All rights reserved. Designed By: HK Web Services