अष्ट्रेलियाको विभिन्न सहरमा कन्सर्ट गर्दै सविन राई
✍ राजन घिमिरे
प्रकाशित मितिः5 months ago

सिड्नी । पप–रक गायक सविन राई अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने भएका छन् । ‘समर्पण टुर अष्ट्रेलिया–२०२४’ नाममा आयोजना हुने कन्सर्टमा सविनले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छन् ।

मार्च ८ मा डार्बिनबाट सविनको सांगीतिक टुर सुरु हुने आयोजक प्रदीप पाठकले जानकारी दिए । मार्च ११ र १२ मा सिड्नी, मार्च १४ मा तास्मानियाको लन्चेस्टन, मार्च १५ तास्मानियाकै होबार्ट र मार्च १८ मा मेलबर्नमा सविनले प्रस्तुति दिनेछन् ।

यस्तै मार्च २१ एडिलेट, मार्च २४ मा पर्थ, मार्च २७ मा ब्रिसबेन र मार्च २८ मा राजधानी क्यानबेरामा पुगेर सविनको अष्ट्रेलिया टुर समापन हुनेछ । सविन राईका गुराँसको फेदमुनि, म संसार जित्ने, तिमी नै हौ, जब तिमी, जाऊँ कि बसूँ, मलाई अँगालिदेऊ, सुन्दरताको तिमी उदाहरण, धन्यवाद लगायत गीत लोकप्रिय छन् ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services