सिड्नीस्थित लिण्डहर्ष्टमा दुईदिने उत्सब
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । आज महाशिवरात्रि पर्व । नेपालमा शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ भने अस्ट्रेलियाको विभिन्न राज्यहरुमा रहेका नेपालीहरु पनि यो पर्व मनाउदैछन् । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।यसैबीच, शिवरात्री पर्वको अवसरमा, न्यू साउथ बेल्स राजयस्थित पशुपति बौद्ध तपोधाम लिण्डहर्ष्टमा महाशिवरात्री उत्सब आयोजना गरिएको छ ।

गैर आवसिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, स्टुडेन्ट सपोर्ट समुहको मुख्य आयोजनामा दुईदिन सञ्चालन हुने उत्सबमा सिद्दी गणेश प्रतिमा अनावरण तथा मानसिक स्वास्थ्य जागरण ध्यान, कुण्डलिनि ध्यान ,चक्र साधना ,शिव धुनि, सिद्दि गणेश प्रतिमा अनावरण, पञ्चकर्म चिकित्सा , पूजा अर्चना र सात्विक भोजन लगायतका कायृक्रम सञ्चालन हुने कार्यक्रम संयोजक, बद्री बरुवालले जानकारी दिए । शुक्रबार र शनिबार सञ्चालन हुने महोत्सबमा सहभागिताका लागि संयोजकले बरुवालले सबैमा आग्रह गरेका छन् ।

(Visited 70 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services