मेलर्वनमा कँडेल कन्सल्टेन्सी कप सुरु, २४ टोलीको सहभागिता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कप सुरु भएको छ । यति एफसीको आयोजना सुरु भएको प्रतियोगिता आइतबार समापन हुनेछ । मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब गरी खुल्लातर्फ २४ र ३५ भन्दामाथि १५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

खुल्लातर्फ सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । आयोजक यतिको मात्रै तीन टोली रहेको छ । हरेक समूहका विजेता र उपविजेता प्रि–क्वाटरफाइनलमा पुग्नेछ ।त्यस्तै समूहमा उत्कृष्ट तेस्रो हुने चार टोलीले पनि अन्तिम १६ को यात्रा तय गर्नेछन् । ३५ वर्षमाथिको १५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछ ।

खुल्लातर्फको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५ सय अष्ट्रेलियन डलर प्राप्त गर्नेछन् । यसैगरी ३५ भन्दा माथिको उमेर समुहमा विजेतालाई २ हजार ५ सय र उपविजेतालाई १ हजार डलर प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता र फेयर प्ले अवार्ड जित्ने टोलीले समान २ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

अष्ट्रेलियामा पहिलोपटक एकै प्रतियोगितामा पाँच जना नेपाली रेफ्रीहरुले खेल संचालन गर्नेछन् । अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका प्रकाश नाथ श्रेष्ठ र सुदिश पाण्डेसँगै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गर्नेछन् । क्लबका उपाध्यक्ष सज्जन शर्मा प्रतियोगिताको संयोजक रहेको छ ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services