
सिड्नी । नेपाली साँगेतिक क्षेत्रका रक पप गायक एवम् मोडल दुर्गेश थापाले अस्ट्रेलियाको सिडनीमा बेजोड प्रस्तुती दिएका छन् । राखु समाज अस्ट्रेलियाले आयोजना गरेको महाशिवरात्री म्युजिकल नाइटमा गायक थापाले आफ्नो चर्चित पप गीतहरु मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।विभिन्न कारणले विवादमा आइरहने छवि बनाएका गायक दुर्गेशले सिड्नीस्थित ग्रानभिलको टाउनहलमा प्रस्तुती दिदाँ उनका समर्थकहरु हुटिङ सहित झुमेका थिए ।

म्याग्दीको राखु क्षेत्रबाट अस्ट्रेलियाको विभिन्न सबबमा बस्ने राखुबासीको पहलमा खोलिएको संस्थाले विभिन्न सामाजिक उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा लोक गायक पदम विश्व विश्वकर्मा, गायक अमेश भण्डारी लगायतले मौलिक प्रस्तुती दिएका थिए ।कार्यक्रममा बचत भएको रकम राखुका साथै म्याग्दीको विभिन्न ठाउँमा सामाजिक कार्यहरुमा खर्च गर्ने राखु समाजका अध्यक्ष शिव शाहीले जानकारी दिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services