अस्ट्रेलियाको जिडिपी १.२ प्रतिशतले बृद्धि
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियाको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) १.२ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०२३ को अन्तिम तथ्यांक सार्वजनिक गर्दै निरन्तर आर्थिक बृद्धि भएका कारण जिडिपी सकरात्मक बनेको जनाएको छ । विभागले सन् २०२३ अन्तिम त्रैमासिकमा आर्थिक बृद्धि भने ०.२ प्रतिशत कायम भएको देखाएको छ । आर्थिक बृद्धि दर अघिल्लो त्रैमासिक भन्दा कम रहे पनि ऋणात्मक भने नभएको प्रतिवेदनमा उल्लेख छ ।

अस्ट्रेलियामा सन् १९९० को आर्थिक मन्दी र कोभिड महामारीको समयमा आर्थिक बृद्धि र जिडिपी ऋणात्मक थियो । अर्थशास्त्रीहरुले पछिल्लो केहि समय यता बैंकहरुले व्याजदर कम गर्न नसक्दा त्यसले आर्थिक बृद्धि र क्रियाकलापमा असर पारेको बताएका छन् । सरकारका अर्थमन्त्री जिम चाल्मरले भने, अघिल्लो त्रैमासिक भन्दा आर्थिक बृद्धि दर केहि सुस्त भएपनि कुल ग्रार्हस्थ उत्पादन उत्साहजनक भएको प्रक्रिया दिएका छन् ।

‘बर्षभरि नै जिपीडि बढ्नु एकदमै सकरात्मक हो, जब कि अन्य विकसित राष्ट्रहरुले त्यस्तो प्रगति हासिल गर्न सकिरहेका छैनन्’ उनले विज्ञप्तिमा भनेका छन् । अर्थविद्हरुले बढ्दो व्याजदरकै कारण दैनिक उपभोग्य बस्तु देखि अन्य कुराहरुको महँगी बढेको बताएका छन् । अस्ट्रेलियामा आर्थिक बृद्धि र महँगी एउटै रफ्तारमा बढेका कारण सर्वसाधारणले पैशा बचत गर्न धौ–धौ परिरहेको जनाएका छन्, जसको प्रत्यक्ष मारमा नवआगन्तुक अन्तराष्ट्रिय विद्यार्थीहरु परेका छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services