सगरमाथाको फोहोरमा अस्ट्रेलियाका सञ्चारमाध्यमको चासो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । सर्वोच्च शिखर सगरमाथामा फोहोर बढेको भन्दै अस्ट्रेलियाका सञ्चारमाध्यमले चासो व्यक्त गरेका छन् । सिड्नीबाट प्रकाशित हुने लोकप्रिय दैनिक पत्रिका ‘दि सिड्नी मर्निङ हेरल्ड’ एक समाचार प्रकाशित गर्दै बर्षेनी आरोहीको सँख्या बढ्दै जाँदा उचित ढँगले फोहोर व्यवस्थापन हुन नसकेको जनाएको छ ।

सन् १९५३ मा एडमन हिलारी र तेन्जिङ शेर्पासँगै हिमाल आरोहरण दलमा सम्मिलित एक मात्र जिवित सदस्य ९१ बर्षीय कान्छा शेर्पाको भनाई उद्दत गर्दै पत्रिकाले भनेको छ, ‘आरोहणका लागि दिने अनुमति घटाउँदा राम्रो हुनेछ ।’ गत सिजनमा मात्रै ६ सय ६७ जनाले सगरमाथाको सफल आरोहण गरेको सरकारी तथ्यांक रहेको छ ।

आरोही र आरोहण दलका सदस्यहरुले जथाभावी रुपमा छोडेर हिड्ने फोहोरले सगरमाथाको सुन्दरतालाई असर गर्नुका साथै मानवीय दुर्घटना हुने जोखिम समेत बढेको समाचारमा जनाईएको छ । अस्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत बर्षेनी सगरमाथा आरोहरणका लागि आरोहीहरु जाने गरेका छन् । गतबर्ष आधार शिविरमा एक जना अस्ट्रेलियन नागरिकले ज्यान गुमाएका थिए । यहाँका सञ्चारमाध्यमहरुले सगरमाथा लगायत अन्य हिमालहरुका बारे नियमित रुपमा समाचार प्रकाशन गर्ने गरेका छन् ।

(Visited 45 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services