Archives

सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता हुने

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रोजगार तथा अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलियाको आयोजनामा मार्च ३१ तारिखमा एकदिवसीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । सिड्नीस्थित लिडकमको अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको तयारी, आन्तरिक र आर्थिक व्यवस्थापनको काम भइरहेको […]

नेपालको हवाई सुरक्षामा अझै कमजोरी

२ वर्ष अगाडि

काठमाडौँ । युरोपेली संघ (ईयू) की एसिया र प्रशान्त क्षेत्रकी उपकार्यकारी निर्देशक पाओला पाम्पालोनीले नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक रहेको बताएकी छन् । यसका लागि ईयूले अझै सहयोग गर्ने उनको भनाइ छ । ‘ईयूका हुन् वा नेपाली जनता, हाम्रो प्राथमिकता जनतामा सुरक्षा हो,’ हरेक दुई वर्षमा हुने नेपाल–ईयूको १५ औं संयुक्त […]

‘महाजात्रा’लाई अस्ट्रेलियाभर उल्लेख्य ‘शो’

२ वर्ष अगाडि

सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ ।अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए । ‘अहिलेसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ शो, […]

सिड्नी ब्लुजमा पुष्प र अञ्जना

२ वर्ष अगाडि

काठमाडौँ । फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का र अञ्जना बराइलीको जोडी रहने भएको छ । निर्माण युनिटले फिल्मका लागि पुष्पसँग कागजी सम्झौता गर्दै जोडीको विषयमा सार्वजनिक गरेको हो । शङ्कर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा पुष्प र अञ्जनाको अलवा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको समेत अभिनय रहनेछ । आगामी जुनमा छायाङ्कनको लक्ष्य रहेको […]

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दलाई सिड्नीमा सम्मान

२ वर्ष अगाडि

सिड्नी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सिड्नीमा सम्मान गरिएको छ । मेलर्वनमा सम्पन्न न्याभ कप क्रिकेटको पुरस्कार वितरण समारोहमा सहभागि हुन केहि दिन अघि त्यहाँ आइपुगेका अध्यक्ष चन्द, त्यसपछि सरोकारावालाहरुको निम्तामा सिड्नी आएका थिए । उनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ बेल्स, नेपाल–अष्ट्रेलिया प्रजातान्त्रिक मन्च–९एनएडिएफ० लगायतका संघसंस्थाले स्वागत एवम् […]

‘होली हंगामा’मा दीपक र अन्नुले सिड्नी तताउने

२ वर्ष अगाडि

काठमाडौं । होली पर्वको अवसर पारेर अष्ट्रेलियामा कन्सर्ट हुने भएको छ । मार्च २३ मा सिड्नीमा हुने ‘होली हंगामा–२०२४’ मा गायक दीपक लिम्बू, भोजपुरी गायक रितेश पाण्डे, मैथिली गायक जागेश ठाकुर, गायिका अन्नु चौधरी र जेनिशा गौतमले प्रस्तुति दिनेछन् । कार्यक्रम शनिबार साँझ साढे ५ बजेदेखि राति अबेरसम्म चल्ने आयोजक संस्था एसोसिएसन अप नेपाल तराई […]

१३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्जलाई

२ वर्ष अगाडि

मेलबर्न । अस्ट्रेलियाको मेलर्वनमा सम्पन्न १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि नेपाली फुटबल क्लब सेन्ट जर्ज सिड्नीले जितेको छ। मेलबर्नको डरेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै सेन्टजर्जले उपाधिमाथि कब्जा गरेको हो। निर्धारित समयमा दुबै टिमले एक–एकको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले युनाइटेड फुटबल क्लबलाई […]

वैदेशिक रोजगार विभागका नासु घुससहित नियन्त्रणमा

२ वर्ष अगाडि

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत (नासु) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टंगालबाट टोली खटिएको थियो। उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ […]

सिड्नीको पशुपति बौद्ध तपोधाममा गणेशको मुर्ति अनावरण

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित लिन्डहर्ष्टमा अवस्थित पशुपति बौद्ध तपोधाममा भगवान् गणेशको मुर्ति अनावरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको स्टुडेन्ट सपोर्ट समितिले केहि समयअघि सिड्नीको अर्वनमा आयोजित योग एवम् ध्यान शिविरबाट बचत भएको रकमले तपोधाममा मुर्ति सहयोग गरेका हुन् । हाशिवरात्री पर्वको अवसरमा आयोजित मुर्ति अनावरण कार्यक्रमको अवसरमा ध्यान शिविर पनि सञ्चालन गरिएको […]

अस्ट्रेलियामा जमेका बिनोदले बनाएको क्रिकेट रंगशालाको उद्घाटन

२ वर्ष अगाडि

काठमाडौं । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका युवा विनोद कुवँरले नेपालको रुपन्देही जिल्लामा निजी लगानीमा आठ महिनामा निर्माण सम्पन्न गरिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) न्यु साउथ बेल्स राज्यका संयोजक समेत रहेका कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा वडा नम्बर १७ मा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण सम्पन्न गरेका हुन् […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services