Archives

दुई कलेजको अनुमति रद्द, हजारौँ विद्यार्थी मारमा

१ वर्ष अगाडि

सिड्नी । मापदण्ड विपरित विद्यार्थीहरुलाई धमाधम शैक्षिक प्रमाणपत्र वितरण गरेको पाईएपछि अस्ट्रेलियाको दुई वटा कलेजको अनुमति रद्द भएको छ । विगत केहि बर्षदेखि विद्यार्थीहरुलाई आवश्यक मापदण्ड बिनै प्रमाणपत्र वितरण गर्ने, एलिट कलेज र इन्टरनेशनल इन्स्टिच्यूड अफ एजुकेशन एण्ड टे«निङ प्राइभेटले सञ्चालन गर्ने एडु भेट, कलेजको अनुमति रद्द गरिएको नियामक निकाय अस्ट्रेलियन स्किलस् क्विलिटी अथुरिटीले जनाएको […]

अस्ट्रेलियामा लोकप्रिय बन्दै थाली नाच

१ वर्ष अगाडि

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपोन्मुख थाली नाच प्रदर्शन गरिन। राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आकर्षण बन्यो।मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले […]

पासपोर्ट र भिसामा सीमित अस्ट्रेलियासँगको कूटनीति

१ वर्ष अगाडि

सिड्नी । तथ्याङ्क केलाउँदा यतिबेला करिब ७५ हजार जति नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा अस्ट्रेलियामा रहेको देखिन्छ । पछिल्लो वर्ष नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा १ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका छन् । यो अस्ट्रेलियाको ३४ अर्ब डलरको शैक्षिक उद्योगमा महत्त्वपूर्ण हिस्सा हो। अस्ट्रेलियामा अध्ययन गर्न आउने विद्यार्थीको संख्यात्मक आधारमा चीन र भारतपछि नेपाल […]

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादव नियुक्त

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्‌बाट राजदूतमा सिफारिस भएकी यादवलाई १६ असोजमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

ऐतिहासिक बन्यो सिड्नीको नेपाल फेस्टिभल

१ वर्ष अगाडि

सिड्नी। अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा नेपाल फेष्टिभल २०२४ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र न्यू साउथ बेल्स राज्य समितिको संयुक्त आयोजनामा भएको फेस्टिभलमा करिब १० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । सिड्नीको मुटु मानिने डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा भएको फेस्टिभलमा सामाजिक र जातीय संघसंस्थाले आ–आफ्नो कला, संस्कृति र परम्परा […]

सिड्नीमा शुक्रबार र शनिबार ट्रेन नचल्ने, यस्तो छ कारण

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा शुक्रबार र शनिबार ट्रेन सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । ट्रेन नेटवर्कमा कार्यरत कर्मचारी युनियनले ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालनको माग गर्दै दुइदिन पूर्ण रुपमा सेवा बन्द गर्ने घोषणा गरेको हो । न्यू साउथ बेल्स राज्य सरकार र कर्मचारी युनियनबीच पटक पटक वार्ता […]

अस्ट्रेलियामा दुई हप्तामा ६ नेपालीको निधन, सडक दुर्घटनामा बढी

१ वर्ष अगाडि

सिड्नी । दुईहप्ताको अवधीमा अस्ट्रेलियाको विभिन्न राज्यमा ६ नेपालीले ज्यान गुमाएका छन् । प्रहरीले दिएको जानकारी अनुसार, सडक दुर्घटना र आगलागीमा परि उनीहरुको निधन भएको हो । सडक दुर्घटनामा परि एडिलेडमा तीन, मेलर्बन र सिड्नीमा एक/एक र आगालागीमा परि मेर्लवनमा थप एक जनाको ज्यान गएपछि अस्ट्रेलियामा रहेका नेपाली समुदाय स्तब्ध भएका छन् । एडिलेडमा फरक–फरक […]

सिड्नीमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको मूख्य शहर सिड्नीमा नोभेम्बर २३ मा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलका लागि मञ्च र स्टल व्यवस्थापनदेखि नेपाल परेड, कलाकारहरुको टुगो र साँस्कृतिक झलकहरुको तयारी अन्तिम चरणमा पुगेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र न्यू साउथ बेल्स राज्य समितिको आयोजनामा हुने फेस्टिभलमा पहिलो पटक न्यू साउथ […]

अवैध प्रमाणपत्र वितरणपछि कलेजको अनुमति रद्द, ७ हजार विद्यार्थी समस्यामा

१ वर्ष अगाडि

सिड्नी । सिड्नी र डार्विनमा सञ्चालित एक कलेजले विद्यार्थीलाई अवैध रुपमा डिप्लोमा तहको प्रमाणपत्र वितरण गरेपछि सरकारले कलेजको अनुमति रद्द गर्ने भएको छ । अस्ट्रेलियन एजुकेशन एण्ड करिअर कलेजले विगतमा ७ हजार ३ सय ६० विद्यार्थीलाई अवैध रुपमा डिप्लोमा तहको प्रमाणपत्र वितरण गरेको पाईएपछि अस्ट्रेलियन स्किलस् क्विलिटी अथुरिटीले संघीय सरकारलाई कलेजको अनुमति रद्द गर्न सिफारिश […]

नेपाली चेली ऐश्वर्यलाई मेलर्बनमा ‘युवा अस्ट्रेलियन’ अवार्ड

१ वर्ष अगाडि

सिड्नी । पछिल्लो समय चर्चामा रहेको एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स प्रर्बद्धनमा नेतृत्वदायी भुमिका निर्वाह गरेकी २९ बर्षीया ऐश्वर्य कंसाकारले अस्ट्रेलियाको मेलर्बनमा प्रतिष्ठित अर्वाड जितेकी छन् । भिक्टोरिया राज्यले आफ्नो राज्यको तर्फबाट ‘युवा अस्ट्रेलियन सन् २०२५’ घोषणा गर्दै उक्त अवार्ड कंसाकारलाई प्रदान गरिएको जनाएको छ । भिक्टोरिया राज्यले युवा सहित अन्य विभिन्न विधामा बर्षेनी अवार्ड प्रदान […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services