मेलर्वनमा सर्वाधिक धनराशीको भलिबल टुर्नामेन्ट, नेपालका कप्तान मानबहादुर पनि खेल्दै
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको मेलर्वनमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन तथा भिषा सर्भिसको मुख्य प्रायोजनामा आगामी जुन ३० गते अस्ट्रेलियाव्यापी खुल्ला पुरुष र ३५ बर्षभन्दा माथिको भेट्रान गरि ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुन लागेको हो ।

प्रतियोगिताका इभेन्ट कोओर्डिनेटर बैरागी लामाका अनुसार, खुल्ला विधातर्फ विजेता टोलीलाई ५ हजार अस्ट्रेलियन डलर नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई २२ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘अहिलेसम्म अस्ट्रेलियामा थुप्रै स्थानमा भबिलब प्रतियोगिता आयोजना भएपनि यो नै सर्वाधिक राशीको प्रतियोगिता हुनेछ, उनले नेपाली न्यूज अस्ट्रेलियालाई भने, ‘प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न शहरका क्लब तथा खेलाडीहरुले सहभागिता जनाउँदैछन् ।’

 

प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठसहित अन्य राष्ट्रिय टोलीका खेलाडीहरु विशाल विक, टेकराज अवस्थी लगायतले पनि खेल्ने तय भइसकेको छ । प्रतियोगितामा ३५ बर्ष उमेर भन्दा माथिको भेट्रानतर्फ विजेतालाई १५ सय डलर, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ७ सय डलर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा खुल्लातर्फ एडिलेड र व्रिसबेनबाट एक÷एक, मेलर्वनबाट ३ र सिड्नीबाट ६ टोली गरि ११ टोलीले सहभागिता जनाउने पक्का भइसकेको इभेन्ट कोओडिनेटर लामाले जानकारी दिए । सहभागी टोलीहरुको समूह विभाजन र टाईसिट समेत प्रकाशन गरिएको छ ।

(Visited 556 times, 1 visits today)

One comment

Comments are closed.

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services