नेप्लिज कम्युनिटी अफ न्यू क्यासलको अध्यक्षमा राई
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यस्थित न्यू क्यासल क्षेत्रमा वशोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लिज कम्युनिटी अफ न्यू क्यासलको अध्यक्षमा बीर बहादुर राई निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न अधिवेशनले राईको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ, महासचिबमा भावेश भट्टराई, सचिबमा सीता बानियाँ, सचिबमा गोविन्द बहादुर थापा र सह कोषाध्यक्षमा दिपेश अर्याल निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा अनुप पागो, अशुतोष दीप जिसी, विनोद खरेल, दिपेन्द्र घिमिरे, हिमाल खरेल, पूर्ण बहादुर बुढाथोकी, सागर योगी, सोनिया मरासिनी, सुजन जिसी, थोमस भट्टराई र अशुतोष नेपाल रहेका छन् ।

न्यू क्यासलमा पछिल्लो समय नेपालीहरुको जनसँख्या दिनहुँ बढिरहेका छन् । नबनिर्वाचित कार्यसमितिले न्यू क्यासल क्षेत्रमा नेपाली समुदायको कला, संस्कृति र पम्परालाई जोगाउन विभिन्न किसिमका कार्यक्रमका आयोजना गर्ने नवनिर्वाचित अध्यक्ष राईले प्रतिबद्धता जनाएका छन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services