
जापान। जापान छन्त्याल संघले भलिबल खेलाडी रेशम छन्त्याललाई जापानमा सम्मान गरिएको छ । बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन चर्चित भलिबल खेलाडी रेशम छन्त्याल जापानको टोकियो आइपुगेका थिए ।
जापान छन्त्याल संघले खेलााडीको उज्जल भविश्यको कामनासहित छन्त्याललाई सम्मान गरेको हो । वर्तमान समयका चर्चित भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न ठाउँबाट छन्त्यालहरुको उपस्थित भएका थिए । रेशमले अहिलेसम्म नेपालको चर्चित क्लबहरुबाट प्रतियोगिता खेलिसकेका छन् ।

पछिल्लो समय आफ्नो खेल कौशलताबाट सबैको मन मनमा बस्न सफल छन्त्याल नेपाल पुलिस क्लबमा आबद्द छन् भने धेरै राष्ट्रिय उपाधी समेत हात पार्न सफल भएका छन् ।जापान छन्त्याल संघको अध्यक्ष गंग बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष देबिन्द्र छन्त्याल र कार्यक्रमको सञ्चालन सचिब गणेश छन्त्यालले गरेका थिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services