अरुणले ल्याए झुम्काना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका चर्चित फोटोग्राफर एवम् संगीतप्रेमी अरुण आर्यन चौधरीले ‘झुम्काना’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । थारु कला, संस्कृति र परम्परालाई जोडेर झुम्की प्रोडक्सन यूटुब च्यानल मार्फत सार्वजनिक गीतमा थारू गायक आर के थारू को स्वर रहेको छ ।

दर्जनौं थारू हिट गीतमा स्वर दिईसकेका आर के थारूको यो पहिलो नेपाली भाषाको गीत समेत हो । टेक राज ओझाको संगीत तथा रचना रहेको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार गरिमा शर्मा, कमल सिंहका साथमा गुरॉस ढकाल र गायक आर के थारुले अभिनय गरेका छन् । विकास प्रसाई को निर्देशनमा वनेको भिडियोको छायांकन नेपालकाप्रसिद्ध सिनेमाटोग्राफर हरि हुमागाईले गरेका छन ।

थारू र नेपाली मिश्रीत गीतको कोरस गायन शोनु कुश्मी र अनुमा चौघरीले गरेका छन् ।हालै झुम्की प्रोडक्सन्सको गीत हेर्ती हेर्ती मोहनी लगैना ले वर्ष २०८० को उत्कृष्ट गीत अवार्ड पाएको थियो । ‘अघिल्लो गीत जस्तै यसलाई पनि आम दर्शक स्रोताले मायाँ गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु’ अरुणले भने ।

(गीतको म्यूजिक भिडियो तलको लिंकमा हेर्नुहोला )

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services