सिड्नीलाई कर्मथलो बनाएकी ललिता र करुणा मिस नेपालको प्रतिस्पर्धाको अग्रस्थानमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएकी ललिता शेरबुजा मगर र करुणा रावत मिस नेपाल २०२४ को प्रतिस्पर्धामा अग्रस्थानमा देखिएका छन् ।

विभिन्न चरण पार गर्दै उत्कृष्ट २५ भित्र समेटेकी ललिता र करुणाले प्रतियोगिताको विभिन्न विधामा हुने अन्तरवार्ता देखि व्युटी परफमेन्समा आफुलाई अब्बल सावित गरिरहेका छन् । ललिता र करुणालाई मिस नेपाल बनाउन अस्ट्रेलिया देखि नेपालसम्म विभिन्न समूहहरु परेका छन् ।

प्रतियोगिताको आयोजकले सर्वसाधारण मार्फत प्राप्त हुने भोटिङका आधारमा पपुलर च्वाइस विधाको दोश्रो हप्तामा आइपुग्दा ललिता र करणाबीच तीब्र प्रतिस्पर्धा देखिएका छन् । पहिलो हप्तामा तेस्रो नम्बरमा रहेकी करणा दोश्रो हप्तामा पहिलो स्थानमा पुगेकी छन् भने ललिता सुरुदेखि नै दोश्रो नम्बरमा रहेकी छन् ।

म्याग्दीकी ललिताको पर्यटन, कला, संस्कृतिको जगेर्नामा योगदान पु¥याउन प्रतियोगितामा भाग लिएको बताएकी छन् ।त्यस्तै, तनहुकी करणाले आफुलाई निरन्तर भोट गर्ने सबैलाई धन्यबाद दिएकी छन् ।

(Visited 34 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services