सिड्नीमा अगस्टदेखि तेस्रो एनपिएल हुने
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) आयोजना हुने भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्स्को मुख्य प्रायोजनमा आगामी अगस्ट ३ तारिख देखि प्रतियोगिता आयोजना हुन लागेको हो ।

एनपिएलको उद्घाटन सत्रमा नेपालको तर्फबाट एनसिएए र बंगलादेशको बिसिएल बीच मैत्रीपूर्ण खेल समेत हुनेछ । त्यसपछि हरेक सप्ताहन्तमा खेल सञ्चालन हुनेछ । आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठले तेस्रो संस्करणको एनपिएलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सबैको साथ र सहयोगले हामी तेस्रो संस्करणमा आइपुग्दा यसलाई थप व्यवस्थित र बृहत्तर बनाउनेछौँ’ उनले भने ।

एनपिएलका लागि चार वटा फ्रेन्चाइज टोलीहरु पिरना से–फोक्सुण्डो स्टाइर्कस्, भाइब्रेन्ट बेगनास स्टार, रे प्रपर्टीज् गोक्यो हिरोज र तिलिचो टाइटन्सले  अक्सन मार्फत खेलाडीहरु अनुबन्धन गरिसकेका छन् । गत ८ जुनमा भएको अक्सनमा सुवास कुमार शाहलाई तिलिचो टाइटन्सले सबैभन्दा बढी मुल्य २१ सय डलरमा, से–फोक्सुण्डो स्टाइर्कस्ले युवराज मल्ललाई १४ सय डलर र किर्तन ताम्राकारलाई ११ सय डलरमा आफ्नो टोलीमा अनुबन्धन गरेको थियो ।

डबल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । तेस्रो संस्करणमा विजेता, उपविजेता र खेलाडीलाई गरि पुरस्कारमा मात्रै २९ हजार डलर खर्च गरिने एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षत्रीले जानकारी दिए । एनपिलको पहिलो संस्करणको उपाधि पिरना से–फोक्सुण्डो स्टाइर्कसले जित्दा दोश्रो संस्करणमा  रे प्रपर्टीज् गोक्यो हिरोज च्याम्पियन बनेको थियो ।

          तिलिचो टाइटन्स भित्रियो
तेस्रो संस्करणमा तिलिचो टाइटन्स नयाँ फ्रेन्चाइज टोलीको रुपमा भित्रिएको छ । गत दुई सिजन खेलेको मेरिट छोरोल्फा च्यालेञ्जर्स्ले सहभागिता जनाउन नसकेपछि टाइटन्स भित्रिएको आयोजकले जनाएको छ । टाइटन्सले पहिलो संस्करणमै सुवास कुमार शाह, हेमन्त आचार्य, विवेक केसी लगायतलाई समेट्दै सन्तुलित टिम बनाएको छ ।

(Visited 141 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services