Archives

अस्ट्रेलियाबाट फर्केर गाउँमै रहरलाग्दो कृषि खेती

१२ महिना अगाडि

सिड्नी । १४ बर्ष अस्ट्रेलिया बसेर स्वदेश फर्केका मोरङ उर्लाबारीका सुरज लुइटेलले आफ्नै गाउँमा रहरलाग्दो कृषि खेती गरेका छन् । तीनबर्षदेखि उनले १३विघा क्षेत्रफलमा उखु खेतीसँगै तोरीखेती र १ विघामा ४ वटा पोखरी मार्फत माछापालन गरिरहेका छन् । उनले भनेकाा छन् –‘अस्ट्रेलियामा जति बचत मैले कृषि खेतीबाटै गरिरहेको छु ।’ उनले आगामी दिनमा वातावरण राम्रो […]

भारतीय विद्यार्थी भिसामा कडाई

१२ महिना अगाडि

सिड्नी । धमाधम अवैध किसिमका आवेदनहरु पर्न थालेपछि अस्ट्रेलियाले भारतका विभिन्न ६ राज्यबाट विद्यार्थी भिसाको आवेदनमा व्यापक कडाई गर्न थालेको छ । ति राज्यहरुबाट अस्ट्रेलियाको विद्यार्थी भिसा प्रणालीलाई दुरुपयोग गर्दै अध्ययन गर्ने भन्दा पनि काम गर्ने र यतै सेटल हुने गरेको प्रमाणहरु भेटिएपछि, व्यापक कडाई गर्न थालिएको हो । टाइम्स अफ इन्डियाका अनुसार, उत्तर प्रदेश, […]

सिड्नीमा पानीमा डुबेर नेपालीसहित पाँचको निधन

१२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्समा पछिल्लो एक सातामा पानी डुबेर एक नेपालीसहित पाँच जनाको ज्यान गएको छ । बिदाको समयमा साथीभाई, आफन्तजन र परिवारसँगै समुन्द्रमा पौडी खेल्न र घुमफिरका लागि जाने क्रममा यस्ता घटना भएको रोयल लाइफ सेभिङले जनाएको छ । नेपाली नयाँ बर्ष अर्थात अप्रिल १४ तारिखमा न्यू क्यासलको जेनिथ […]

अस्ट्रेलिया, युरोप र अमेरिका टुरमा निस्कदै दुर्गेश

१२ महिना अगाडि

काठमाडौं । निरन्तरता नै सफलताको कडी हो–यो कुरा राम्ररी बुझेका छन गायक एवं पर्फमर दुर्गेश थापाले । आज त्यही निरन्तरता र आफू लागेको क्षेत्रप्रतिको लगावको प्रतिफलस्वरूप स्वाद चाखिरहेका छन् उनी । यो उतारचढावपूर्ण यात्रामा दुर्गेशले जति गाली कसले खायो होला ? उनले जति अपमान कसले सहनुपर्‍यो होला ? यात्रामा जे जस्ता उतारचढाव आएपनि कहिँकतै डगमगाएनन् […]

एमसीसी परियोजना बन्द

१२ महिना अगाडि

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग ९डज०ले बन्द गर्ने निर्णय गरेको हो । एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको […]

धर्मगुरु पोप फ्रान्सिसको निधन

१२ महिना अगाडि

सिड्नी । धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। क्याथोलिक चर्चका प्रमुख समेत रहेका फ्रान्सिसको सोमबार निधन भएको बिबिसीले जनाएको छ। उनको भ्याटिकनस्थित कासा सान्ता मार्टास्थित निवासमा निधन भएको हो। ‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, गहिरो दुःखका साथ मलाई हाम्रा पवित्र बुवा फ्रान्सिसको निधनको भएको घोषणा गर्दछु,’ कार्डिनल केभिन फ्यारेलले एक टिभीमा भने, ‘बिहान […]

सर्वाधिक धनराशीको गल्कोट कप भलिबलको उपाधि ढोरपाटनलाई

१२ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्य न्यू साउथ बेल्सको सिड्नीमा सम्पन्न सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप भलिबल प्रतियोगिताको उपाधि, ढोरपाटन क्लब अस्ट्रेलियाले जितेको छ । आइतबार लिडकमस्थित अर्बन बास्केटबल सेन्टरमा भएको फाइनलमा म्याग्दी जलजला परिवारलाई ३–० को सोझो सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जितेको हो ।पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित […]

सिड्नीमा पारिजातको ८८ औं जन्मजयन्ती, ८ जनालाई अवार्ड प्रदान

१ वर्ष अगाडि

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले नेपाली साहित्यका नक्षत्र पारिजातको ८८ औं जन्मजयन्तीको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । शनिबार गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहका बीच साहित्य, पत्रकारिता र युवा अन्तरगत विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । जस अनुसार, साहित्यतर्फ नई पारिजात अवार्ड राम प्रसाद कोइरालालाई प्रदान गरिएको छ । उनलाई नगद […]

सिड्नीमा तेस्रो गल्कोट कप भलिबल, राष्ट्रिय खेलाडीहरुको भिडन्त

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठुला शहर सिड्नीमा आइतबार (भोली) हुने सर्वाधिक धनराशीको तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गल्कोट समाज अस्ट्रेलियाले जनाएको छ । प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । गल्कोट समाजका अध्यक्ष दीपक अधिकारीले प्रतियोगिताको सम्पूर्ण तयारी […]

नयाँ बर्षको स्वागतः मोना अस्ट्रेलियाको शुभकामना आदाप्रदान र बाविक्यू

१ वर्ष अगाडि

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम आयोजना गर्दै नेपाली नयाँ बर्ष २०८२ लाई स्वागत गरेको छ । आइतबार सिड्नीस्थित टेम्पे पार्कमा एक आपसमा शुभकामना आदानप्रदान, विविध मनोरञ्जनात्मक साँस्कृतिक र साँगेतिक प्रस्तुतीसँगै खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन गरिएको थियो । मोना अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले संस्थाको बार्षिक कार्यक्रम अनुसार नयाँ […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services