
सिड्नी । घर र कोठाको अभाब झेलिरहेको अस्ट्रेलियामा फेरि एकपटक सिड्नी सबैभन्दा महँगो शहर बनेको छ । रेन्टल मार्केटमा अन्य शहर भन्दा सिड्नीमा प्रतिहप्ता २ सय डलरसम्म महँगो भएको पछिल्लो साता प्रकाशित प्रतिवेदनहरुले जनाएका छन् ।
रेन्टल र हाउजिङ सम्बन्धि काम गर्ने विभिन्न निकायले जारी गरेको प्रतिवेदनका आधारमा स्थानीय सेभेन न्यूजले सार्वजनिक गरेको समाचारमा सिड्नीमा घरको मध्यम भाडा प्रति हप्ता ७ सय ८० डलर पुगेको छ, जबकी अर्को ठुलो शहर मेलर्बनमा प्रतिहप्ता ५८० डलर कायम रहेको छ । त्यस्तै, होर्बाट अझ सस्तो देखिँदा ५ सय ६० कायम रहेको छ भने क्यानवेरामा ७ सय, डार्विनमा ६ सय ८०, पर्थ ६ सय ७५, ब्रिसबेनमा ६ सय ५० र एडिलेडमा ६ सय डलर रहेको छ ।
त्यस्तै प्रति युनिटको भाडा पनि सिड्नीमै महँगो देखिएको छ, जहाँ प्रतिहप्ता ७ सय रहँदा क्यानवेरामा ६ सय, पर्थमा ६ सय २० र होर्वाटमा सबैभन्दा सस्तो ४ सय ८० डलर रहेको छ । पछिल्लो केहि महिना यता विशेष गरि सिड्नीमा कोठाको उपलब्धता भने बढेको प्रतिवेदनले देखाएको छ । सरकारले हाउजिङ क्राइसिस अन्त्यका लागि सन् २०२९ सम्म १२ लाख नयाँ घर बनाउने नीति अघि सारेको छ, जुन लक्ष्य पुरा गर्न घर तथा अर्पाटमेन्टको डिजाइन, स्वीकृति देखि निर्माणसम्मको प्रक्रियालाई फास्ट ट्रयाक बनाईएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services