४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाईने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

काठमाडौ । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन्। प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।

उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन्। सूची अनुसार लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन्।यद्यपि उक्त सूचीलाई रातो, सुन्तला र पहेँलो गरी तीन भागमा विभाजन गरिएको छ।रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ। सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ। त्यस्ता देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने पाउने छैनन्। धनी र व्यवसायिक यात्रुहरू भने जान पाउनेछन्। पहेँलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ।

रातो सूचीमा ११ देश—

अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला, यमन

सुन्तला रङको सूचीमा परेका देशहरू—

बेलारूस, इरिट्रिया, हाइटी,लाओस, म्यानमार, पाकिस्तान, रसिया, सियर्रा लियोन, दक्षिण सुडान, तुर्केमेनिस्तान

पहेलो सूचीमा परेका देशहरू

एंगोला, एन्टिगुआ एन्ड बार्बुडा, बेनिन, बुर्किना फासो, क्यामरून, केप भर्डे, चाड, रिपब्लिक अफ कंगो, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, डोमिनिका

इक्वेटोरियल गुयना, गाम्बिया, लाइबेरिया, मलवी, माली, माउरीटानिया, सेन्ट किट्स एन्ड नेविस, सेन्ट लुसिया, साओ टोम एन्ड प्रिन्सिप, भानुआटा, जिम्बावे

(Visited 104 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services