सिड्नी । मंगला कम्यूनिटी अस्ट्रेलियाले आइतबार बाविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्दीको मंगला गाउँपालिका र आसपासका म्याग्देलीहरुले आपसी एकता, सद्भावसँगै एक अर्कालाई सहयोग गर्ने उद्देश्यसहित केहि महिनाअघि मंगला कम्यूनिटी गठन गरेको थियो । आइतबार सिड्नीको ओर्वन पार्कमा आयोजित बाविक्यू कार्यक्रममा भेटघाटसँगै साँगेतिक प्रस्तुतीहरु पनि देखाईएको थियो ।
कम्यूनिटीका अध्यक्ष किस्मत मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले म्याग्देलीहरु जहाँ रहेपनि एकताबद्ध भएर अघि बढेकोमा खुशी व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा, होटल व्यवसायी इन्द्र तुलाचन, जलजला परिवारका अध्यक्ष दिपेन्द्र भण्डारी, बावा एजुकेशन कन्सल्टेन्सीले सिड्नीका प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्मा लगायत कम्यूनिटीका सल्लाहकार, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालन सचिब वीरेन्द्र दगामी पुनले गरेका थिए ।
कार्यक्रममा लोकगायिक निशा केसी, मिलन विश्वकर्मा, गायक यमन जुग्जाली लगायत आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । सोही अवसरमा, मंगलाको महिला तथा पुरुष भलिबल टोलीलाई जर्सी हस्तान्तरण गरिएको छ । उक्त जर्सीलाई बाबा एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । बाबा एजुकेशनका प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्माले मंगलाका अध्यक्ष किस्मत मल्ल ठकुरीलाई उक्त जर्सी हस्तान्तरण गर्दै खेलकुद मार्फत सामाजिक अभियानमा जोडिन पाउँदा खुशी लागेको बताएका थिए ।
© 2023. All rights reserved. Designed By: HK Web Services