
सिड्नी । घरेलु हिंसामा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले डिर्पोट गरेको छ । घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफियर्सले डिर्पोट गरेको नेपालबाट प्रकाशित अन्नपूर्णपोष्ट डटकमले जनाएको छ ।
निष्कासनमा पर्नेमा थापा थरका व्यक्ती रहेका छन्। नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनलाई गत साता नेपाल पठाईएको थियो । थाइ एयरको जहाजबाट काठमाडौं फर्काइएको भएपनि ति व्यक्तिका बारेमा अन्य विवरणहरु भने गोप्य राखिएको छ ।
‘घरेलु हिंसामा मुछिएका उक्त व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक अनुसन्धानपछि क्यानवेरास्थित नेपाली दूतावाससँग ट्राभल डकुमेन्टको बन्दोबस्ती गरी डीपोर्ट गरिएको जानकारी पाएका छौं,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूणसँग भनेका छन् । अस्ट्रेलियामा नेपाली समुदायको जनसँख्या बढेसँगै घरेलु हिंसाका घटनाहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् । घरेलु हिंसालाई ज्यादै संवेदनशील घटनाका रुपमा लिने अस्ट्रेलियाले यससम्बन्धि कडा कानुनको पनि प्रबन्ध गरेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services