पर्यटक भिसाबाट विद्यार्थी भिसाको आवेदन दिन नपाउने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा भिजिटर भिसालाई विद्यार्थी भिसामा परिर्वतन गर्न सकिने भन्दै आवेदन पर्न थालेपछि डिर्पाटमेन्ट अफ होम अफियर्सले त्यस्तो कार्यको पछि नलाग्न स्पष्ट पारेको छ । आप्रवासीको सँख्या घटाउने योजना सहित एकबर्षअघि संघीय सरकारले ल्याएको नयाँ आप्रवासी नीति अनुसार गत जुलाई १ तारिखबाट भिजिटर अर्थात पर्यटक भिसामा रहेकाले विद्यार्थी भिसाको आवेदन दिन नपाउने व्यवस्था लागू गरेको थियो ।

डिर्पाटमेन्ट अफ होम अफिर्यसले भिजिटर भिसाले केवल होलिडे मनाउन, परिवार, साथीभाई र आफन्तजनसँग भेटघाटका लागि मात्र अस्ट्रेलिया प्रवेश दिने भन्दै यदि कसैले त्यसबाट विद्यार्थी भिसाका लागि प्रोत्साहन गर्छ भने त्यो कानुन सम्बत नहुने जनाएको छ । ‘भिजिटर भिसा, विद्यार्थी भिसाको पाथवे होइन् र यसबाट काम गर्न समेत मिल्दैन्’ डिर्पामेन्टले स्पष्ट रुपमा उल्लेख गरेको छ ।

नयाँ प्रावधान अनुसार, भिजिटर भिसासँगै टेम्पोररी ग्याजुएट अर्थात टिआर र म्यारीटाइम क्रु भिसा होल्डरले विद्यार्थी भिसाको आवेदन दिन पाइनेछैन् । नयाँ प्रावधान लागू भएको ९ महिनापछि डिर्पाटेमेन्टले सार्वजनिक सुचना जारी गरेपछि अझै पनि विभिन्न बाहनामा यसरी आवेदनहरु धेरै रहेको अनुमान गरिएको छ । जुलाई १ तारिख भन्दा अघि अप्लाई गरेका आवेदनकर्ताहरुको हकमा भने डिर्पामेन्टले सुक्ष्म अध्ययन गर्ने बताईएको छ ।

(Visited 95 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services