Archives

अर्बन अर्थात ‘नेपाली इपिसेन्टर’

२ वर्ष अगाडि

सिड्नी । अर्बनको ट्रेन स्टेशनबाट बायाँतर्फ निस्कनुभयो भने, तपाँईले अलिकति माथि दुईवटा होर्डिङ एउटै लहरमा देख्न सक्नुहुन्छ, त्यो हो बुद्ध ज्वलरी र बुटिक नेपाल । विदेशमा बस्ने जोकोहीलाई यस्तो देख्ने वित्तिकै मन फुरुङ हुन्छ । नारीहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको बुटिक नेपालका सञ्चालक प्रतिरोध प्रसाई आफ्ना ग्राहकहरुसँग निकै व्यस्त थिए । ९० प्रतिशत ग्राहक नेपाली […]

महँगो कोठा भाडाका कारण सिड्नीबाट अन्य शहर जाने बढे

२ वर्ष अगाडि

सिड्नी । घर र कोठाको भाडा अत्यधिक महँगो भएपछि सिड्नीबाट युवा वर्ग धमाधम अन्य शहरहरुमा बसाई सर्न थालेका छन् । अस्ट्रेलिया भर सिड्नीमा घर र कोठाको भाडा सबैभन्दा महँगोे छ, जहाँ प्रतिहप्ता ७ सय ५० डलरको हाराहारीमा रहेको छ । अस्ट्रेलियाको उत्पादनशील आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार, संघीय र राज्य सरकारले निर्माण गर्ने नयाँ घर […]

अस्ट्रेलियाका टप १० विश्वविद्यालयहरु

२ वर्ष अगाडि

सिड्नी । कडा आप्रवासी नीतिका कारण पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीको भिषा आवेदन धमाधम अस्वीकृत भइरहेका छन् । सेप्टेम्बर महिना यता ३५ प्रतिशत भिषा अस्वीकृत भएको सरकारी तथ्यांक रहेको छ । विद्यार्थीको भिषा आवेदन अस्वीकृत हुनुमा, आप्रवासीका लागि सरकारले कडा प्रावधानहरु कार्यान्वयनमा ल्याउनु रहेपनि, केहि सवालमा भने, कस्ता किसिमका […]

समस्याग्रस्त इमिग्रेशन प्रणालीलाई समाधान गर्न आप्रवासी नीति आवश्यकः गृहमन्त्री ओनिल

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका गृह मामिला मन्त्री क्लियर ओनिलले समस्याग्रस्त इमिग्रेशन प्रणालीलाई समाधान गर्नका लागि कडा आप्रवासी नीति ल्याउनु परेको बताएकी छन् । एकहप्ता अघि अस्ट्रेलिया अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीका लागि थप नयाँ परिर्वतनहरु घोषणा गर्दै गृह मामिला मन्त्री ओनिलले गत सेप्टेम्बर देखि अन्तराष्ट्रिय विद्यार्थीको सँख्या घट्दै गएको जानकारी दिएकी छन् । ‘यो अवधीमा अस्ट्रेलिया […]

अष्ट्रेलियाबाट नेपाल फर्केर गार्मेन्ट उद्योगमा जमेका मनिषा र ओमप्रकाशको जोडी

२ वर्ष अगाडि

विराटनगर । अष्ट्रेलिया धेरै नेपाली युवालाई लोभ्याउने देश हो । विद्यार्थी, राम्रो कमाइ गर्ने जागिरदारदेखि चिकित्सकसम्म देश छाडेर अष्ट्रेलिया पुगेका छन् ।बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् । तर, ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीया मनिषा झाको दम्पतीले भने अष्ट्रेलियाको आकर्षक […]

अस्ट्रेलियाको विद्यार्थी भिषामा थप तीन महत्वपूर्ण परिर्वतन

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अन्तराष्ट्रिय विद्यार्थी भिषामा मार्च २३ अर्थात गत शुक्रबारबाट महत्वपूर्ण तीन वटा परिवर्तन गरेको छ । यी परिवर्तनहरुले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने विश्वभरका विद्यार्थीहरुलाई थप कडाई गर्नेछन् । पछिल्ला बर्षहरुमा अत्यधिक आप्रवासी भित्रिएको भन्दै गत डिसेम्बरमा १० बर्षे आप्रवासी नीति जारी गर्दै अस्ट्रेलियाले आप्रवासीको बार्षिक सँख्या ५ लाख […]

नेपालसहितका देशबाट विद्यार्थी भिसा आवेदन नै नलिने इम्याजिन एजुकेशनको परिपत्र

२ वर्ष अगाडि

काठमाडौं । अष्ट्रेलियाको प्रवेशाज्ञा ९भिसा०मा कडाइसँगै शैक्षिक संस्थाहरूले सबै देशबाट विद्यार्थीका आवेदन अस्वीकार गर्ने नीति लिएका छन् । कतिपय निजी कलेजहरूले मुलुकलाई नै कालोसूचीमा राखेर ती देशका विद्यार्थीको आवेदन स्वीकार नगर्ने सूचना निकाल्न थालेका हुन् । अष्ट्रेलियाको समाचारपत्र सिड्नी मर्निङ हेराल्डका अनुसार अष्ट्रेलियाका दुई शैक्षिक संस्थाले भारत, पाकिस्तान र नाइजेरियाका विद्यार्थीहरूको प्रवेशाज्ञा अस्वीकृत हुने जोखिम […]

एनआरएनएको अभिभावक वनभोज, एक हजार बढीको सहभागिता

२ वर्ष अगाडि

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको आयोजनामा शनिबार बृहत अभिभावक वनभोज कार्यक्रम सम्पन्न भएको छ । न्यू साउथ बेल्सको न्यू क्यासलको फोरस्वार पार्कमा सम्पन्न वनभोजमा एक हजार भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको आयोजकले दाबी गरेको छ । आफ्नो छोराछोरीको निमन्त्रणामा नेपालबाट आएका अभिभावक तथा अस्ट्रेलियामा स्थायी रुपले बशोवाश गर्ने आमाबुवाहरुलाई […]

सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता हुने

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा दोश्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रोजगार तथा अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलियाको आयोजनामा मार्च ३१ तारिखमा एकदिवसीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । सिड्नीस्थित लिडकमको अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको तयारी, आन्तरिक र आर्थिक व्यवस्थापनको काम भइरहेको […]

क्रिप्टोकरेन्सीमा उछाल, अस्ट्रेलियाका लगानीकर्ताहरु उत्साहित

२ वर्ष अगाडि

सिड्नी । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीले अहिले विश्व अर्थतन्त्रमा उछाल ल्याएको छ । गत फेब्रअरीमा संयुक्तराज्य अमेरिकाको सुरक्षण एवम् विनीमय आयोगले क्रिप्टोसम्बन्धि विनीमय व्यापार फण्डलाई स्वीकृति दिएसँगै विश्वबजारमा क्रिप्टोकरेन्सीहरुले उछाल ल्याएको हो । क्रिप्टोकरेन्सीको सबैभन्दा चर्चित उत्पादन विटक्वाइनले विश्वबजारमा हलचल मच्चाएको छ । हुन त यतिबेला क्रिप्टोका सबैजसो करेन्सीहरु उच्च दरमा कारोबार भइरहेका छन् । […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services