अस्ट्रेलियाका टप १० विश्वविद्यालयहरु
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । कडा आप्रवासी नीतिका कारण पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीको भिषा आवेदन धमाधम अस्वीकृत भइरहेका छन् । सेप्टेम्बर महिना यता ३५ प्रतिशत भिषा अस्वीकृत भएको सरकारी तथ्यांक रहेको छ ।

विद्यार्थीको भिषा आवेदन अस्वीकृत हुनुमा, आप्रवासीका लागि सरकारले कडा प्रावधानहरु कार्यान्वयनमा ल्याउनु रहेपनि, केहि सवालमा भने, कस्ता किसिमका युनिर्भसीटी अथवा कलेजहरुले ‘अफर लेटर’ दिएका छन् भन्नेमा समेत भर पर्ने यस क्षेत्रका जानकारहरुले बताएका छन् । अस्ट्रेलियामा च्याउ जसरी खोलिएका नीजि तथा गुणस्तरहिन कलेज तथा क्याम्पसहरुलाई समेत सरकारले उच्च निगरानीमा राखेका कारण विद्यार्थीहरुले युनिर्भसिटी तथा कलेजहरुको विश्वसनीयता, इतिहास तथा हासिल गरेका नतिजाहरुका बारेमा यथेस्ट जानकारी लिनु पर्नेछ ।

सरकारले सबै पक्षलाई समेटेर प्रकाशित गरेको तथ्यांक अनुसार, युनिभर्सिटी अफ मेलर्वन सबैभन्दा बढी उत्कृष्ट सावित भएका छन् । दोश्रोमा युनिर्भसिटी अफ न्यु साउथ बेल्स, तेस्रोमा युनिर्भसिटी अफ सिड्नी, चौथोमा अस्ट्रेलियन नेशनल युनिर्भसिटी, पाँचौमा मोनास युर्निभसिटी रहेका छन् । त्यसपछि क्रमश युनिभसिटी अफ क्वीसन्ल्याण्ड, युनिर्भसिटी अफ वेस्टन अस्ट्रेलिया, युनिर्भसिटी अफ एडिलेड, युनिर्भसिटी अफ टेक्नोलोजी सिड्नी र दशौमा नम्बरमा मक्वारी युर्निभसिटी सिड्नी रहेका छन् । शैक्षिक सरोकारावालाहरुका अनुसार, यी युनिर्भसिटीहरुबाट अफर लेटर पाएका विद्यार्थीहरुको निकै कम भिषा अस्वीकृत भएका छन् ।

(Visited 60 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services