समस्याग्रस्त इमिग्रेशन प्रणालीलाई समाधान गर्न आप्रवासी नीति आवश्यकः गृहमन्त्री ओनिल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका गृह मामिला मन्त्री क्लियर ओनिलले समस्याग्रस्त इमिग्रेशन प्रणालीलाई समाधान गर्नका लागि कडा आप्रवासी नीति ल्याउनु परेको बताएकी छन् । एकहप्ता अघि अस्ट्रेलिया अध्ययन गर्न चाहाने अन्तराष्ट्रिय विद्यार्थीका लागि थप नयाँ परिर्वतनहरु घोषणा गर्दै गृह मामिला मन्त्री ओनिलले गत सेप्टेम्बर देखि अन्तराष्ट्रिय विद्यार्थीको सँख्या घट्दै गएको जानकारी दिएकी छन् ।

‘यो अवधीमा अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको सँख्या साविकको भन्दा ३५ प्रतिशतले कमी आएको छ’, उनले भनेकी छन्, ‘पछिल्ला परिर्वतनहरुले यो सँख्या घटाउन अझ मदत पुग्नेछ ।’ निर्वाचनमा आफुहरुले गरेको प्रतिबद्धता अनुसार नै आप्रवासी नीति ल्याईएको समेत गृहमन्त्री ओनिलको भनाई छ । सरकारले नयाँ आप्रवासी नीति मार्फत बार्षिक ३ लाख ५० हजारको हाराहारीमा मात्रै अन्तराष्ट्रिय विद्यार्थीलाई भिषा जारी गर्ने उद्देश्य लिएको छ ।

गृह मन्त्री ओनिलले घोषणा गरेको पछिल्लो परिर्वतनहरुमा अस्ट्रेलिया अप्लाई गर्न भिषा परिक्षा आईईएलटीएसको अंकलाई ५.५ बाट ६ तथा ग्राजुयट भिषाका लागि ६ बाट ६.५ अँक ल्याउनुपर्ने, बनाईएको छ । त्यस्तै, पर्यटक भिषामा ‘नो फर्दर स्टे’ को प्रावधान थप्दै, भिजिटिङ भिषामा आउँदै विद्यार्थी बन्ने, परम्परालाई रोक्ने प्रयास गरेको छ । त्यस्तै, विद्यार्थी भिषा अप्लाई गर्दा जिएसटी पास गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याईएको छ । जस अन्र्तगत विद्यार्थीले अस्ट्रेलिया आउने आर्थिक अवस्था लगायत र आफु सक्कली विद्यार्थी नै भएको आधारहरु प्रस्तुत गनुपर्नेछ ।

(Visited 65 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services