क्रिप्टोकरेन्सीमा उछाल, अस्ट्रेलियाका लगानीकर्ताहरु उत्साहित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीले अहिले विश्व अर्थतन्त्रमा उछाल ल्याएको छ । गत फेब्रअरीमा संयुक्तराज्य अमेरिकाको सुरक्षण एवम् विनीमय आयोगले क्रिप्टोसम्बन्धि विनीमय व्यापार फण्डलाई स्वीकृति दिएसँगै विश्वबजारमा क्रिप्टोकरेन्सीहरुले उछाल ल्याएको हो । क्रिप्टोकरेन्सीको सबैभन्दा चर्चित उत्पादन विटक्वाइनले विश्वबजारमा हलचल मच्चाएको छ । हुन त यतिबेला क्रिप्टोका सबैजसो करेन्सीहरु उच्च दरमा कारोबार भइरहेका छन् ।

अहिले एक विटक्वाइनको मुल्य ६६ हजार अमेरिकन डलर पुगेको छ । अमेरिकाको पछिल्लो कदमले क्रिप्टाका विश्वव्यापी लगानीकर्ताहरु उत्साहित भएका छन् । अस्ट्रेलियाका लगानीकर्ता एवम् विटक्वाइनका माइनिङ व्यवसायीहरु विटक्वानइनमा पछिल्लो समय देखिएको उछालले सकरात्मक संकेत गरेको बताउन थालेका छन् । दुईबर्षअघि अमेरिकी धनाद्य एलन मस्कले क्रिप्टोकरेन्सी मार्फत इलेक्ट्रोनिक कारहरु खरिद गर्न सक्ने बताएपछि आएको उछाल, त्यसलगत्तै मस्कको अर्को घोषणाले क्रिप्टो फेरि ओरालो लागेको थियो ।

क्रिप्टोकरेन्सीको लागि सन् २०२३ सबैभन्दा खराब बर्षका रुपमा बितेको अर्थशास्त्रीहरुले बताएका छन् । थुप्रै देशका किप्टोको कारोबार अवैध मानिएपनि अस्ट्रेलिया, अमेरिका लगायतका ठुला अर्थतन्त्र भएका देशहरुले भने यसलाई नियमनसँगै कारोबार पनि गर्दै आएका छन् । अस्ट्रेलियाको सिड्नी, मेलर्वन लगायतका शहरहरुमा क्रिप्टोकरेन्सीका छुट्टै एटिएम काउन्टरहरु स्थापना हुन थालेका छन् ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services