एनआरएनएको अभिभावक वनभोज, एक हजार बढीको सहभागिता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको आयोजनामा शनिबार बृहत अभिभावक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

न्यू साउथ बेल्सको न्यू क्यासलको फोरस्वार पार्कमा सम्पन्न वनभोजमा एक हजार भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको आयोजकले दाबी गरेको छ । आफ्नो छोराछोरीको निमन्त्रणामा नेपालबाट आएका अभिभावक तथा अस्ट्रेलियामा स्थायी रुपले बशोवाश गर्ने आमाबुवाहरुलाई लक्षित वनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक एवम् एनआरएनएका महिला नेत्री दिपा जोशीले जानकारी दिइन् ।

‘कार्यक्रममा सहभागिताका लागि सिड्नीका विभिन्न सबबहरुबाट १८ भन्दा बढी बसमा अभिभावकहरु आउनु भयो । एकअर्कालाई आपसमा चिनजान र परिचय गर्नुका साथै मनोरञ्जन प्रदान गर्न कार्यक्रम आयोजना गरिएको थियो’, उनले भनिन् । वनभोज कार्यक्रममा अभिभावकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि विभिन्न किसिमका साँगेतिक कार्यक्रम र नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । एनआरएनएले विभिन्न समयमा यस्तै किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services