Archives

समानान्तर संस्थाले एनआरएनए आन्दोलनलाई फाइदा कि घाटा ?

३ वर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सेनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएसँगै यसले प्रवासी नेपालीमा अन्योलता सिर्जना गरेको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए […]

राहत र अनुदान शिक्षक कोटा दरबन्दीमा परिणत

३ वर्ष अगाडि

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र एकीकरण गरेर संघीय शिक्षा ऐन ल्याउन लागेको हो । २०७२ सालमा नयाँ संविधान बनेपछि दुई वर्षभित्र संघीय शिक्षा ऐन ल्याउनुपर्नेमा हालसम्म बन्न नसक्दा […]

पारस खड्काको बागमती प्रदेश अध्यक्ष लड्ने तयारी

३ वर्ष अगाडि

काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् । खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो । यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो […]

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

३ वर्ष अगाडि

काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बोलाइएको छ । मंगलबारको बैठकले कुनै निर्णय गर्न सकेको थिएन । दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो । यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामूको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार […]

दुतावासमै एनआरएनएको लफडा

३ वर्ष अगाडि

काठमाडौं । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ । एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा कतारस्थित दूतावासको बैठक कक्षमा भएको सर्वपक्षीय छलफलमा हातपात भएको हो ।दूतावासको बैठक कक्षमा भएको उक्त लफडापछि नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफूमाथि हातपात भएको भन्दै राजदूत नरेशविक्रम ढकाललाई न्यायका लागि […]

प्रवासी नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह

३ वर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन […]

राखु समाज अष्ट्रेलियाको अध्यक्षमा शिव रकाल ठकुरी

३ वर्ष अगाडि

सिड्नी । पढाई र रोजगारीको सिलसिलामा अष्ट्रेलिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरेका छन् । अष्ट्रेलियमा रहेका राखुका युवाहरुले दोस्रो अधिवेशनबाट समाजको अध्यक्षमा शिव रकाल ठकुरीलाई चयन गरेका छन् । उहाँ यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहनुभएको थियो । समितिको निर्वतमान अध्यक्षमा सतिस भण्डारी रहेका […]

सिड्नीमा एनपिएल सुरु, मैत्रीपूर्ण खेलमा एनसीएए विजयी

३ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) सुरु भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा सुरु भएको एनपिएलको आइतबार नरेल्न भेइलको नगिट पार्कमा ट्रफी रिभिल र एनसीएए र एनपिएल–११ बीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै एनपिएल सुरु गरिएको हो ।  आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठ, मुख्य प्रायोजक फिस्टेल होम्सका सौरभ मल्ल, […]

अभ्यासका लागि नेपाली खेलाडीलाईभारत पठाउने क्यानको तयारी

३ वर्ष अगाडि

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले, आईसीसी टी- ट्वान्टी विश्वकप छनोटलाई लक्षित गरेर दश खेलाडीलाई भारतमा अभ्यासका लागि पठाउने भएको छ । अहिलेसम्म कमलसिंह ऐरी, विवेक यादव, विनोद भण्डारी, कमल खत्री र लोकेश बमको नाम टुंगो लागेको बताइएको छ । क्यानका अनुसार बाँकी पाँच कसलाई पठाउने भन्ने बारे छलफल भइरहेको छ । विवेक, कमल र विनोद […]

रावायण’मा अनमोलको डबल रोल

३ वर्ष अगाडि

लभस्टोरी फिल्म निर्देशनमा सफल मानिएका सुदर्शन थापाले फिल्म ‘प्रेमगीत’को बेलादेखि अभिनेता अनमोल केसीसँग सहकार्यको प्रयास गरेका थिए । करिब ७ वर्षपछि उनीहरुबीच सहकार्य सम्भव भएको छ । ‘रावायण’ नाममा बन्न लागेको फिल्ममा सुदर्शनले अनमोललाई निर्देशन गर्ने भएका छन् । आगामी भदौदेखि छायांकन सुरु हुन लागेको फिल्मको निर्माण सुदर्शन आफैंले गर्नेछन् । अघिल्लो वर्ष अभिनेत्री पूजा […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services