अभ्यासका लागि नेपाली खेलाडीलाईभारत पठाउने क्यानको तयारी
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः12 months ago

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले, आईसीसी टी- ट्वान्टी विश्वकप छनोटलाई लक्षित गरेर दश खेलाडीलाई भारतमा अभ्यासका लागि पठाउने भएको छ ।

अहिलेसम्म कमलसिंह ऐरी, विवेक यादव, विनोद भण्डारी, कमल खत्री र लोकेश बमको नाम टुंगो लागेको बताइएको छ । क्यानका अनुसार बाँकी पाँच कसलाई पठाउने भन्ने बारे छलफल भइरहेको छ । विवेक, कमल र विनोद चीनको होङजाउमा आगामी असोज ६ गते सुरु हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने टिममा पनि समावेश छन् । उनीहरु भारतमा अभ्यासमा जाने र एसियाड खेल्ने बेला नेपाल आउने छन् ।

क्यानले भारतको दिल्ली, बैंग्लोर र मुम्बईमध्ये एक सहरमा आगामी साता खेलाडीलाई पठाउन लागेको हो । विश्वकपका लागि एसिया क्षेत्रको छनोट आगामी अक्टोबर-नोभेम्बरमा नेपालमा आयोजना हुँदैछ । एसियाबाट फाइनल पुग्ने दुई टिमले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

अहिलेसम्म युरोपबाट स्कल्यान्ड र आयरलयान्ड तथा इस्ट एसिया प्यासिफिक क्षेत्रबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सन् २०१४ मा टी- ट्वान्टी विश्वकपमा डेब्यू गरेको थियो ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services