रावायण’मा अनमोलको डबल रोल
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः12 months ago

लभस्टोरी फिल्म निर्देशनमा सफल मानिएका सुदर्शन थापाले फिल्म ‘प्रेमगीत’को बेलादेखि अभिनेता अनमोल केसीसँग सहकार्यको प्रयास गरेका थिए । करिब ७ वर्षपछि उनीहरुबीच सहकार्य सम्भव भएको छ । ‘रावायण’ नाममा बन्न लागेको फिल्ममा सुदर्शनले अनमोललाई निर्देशन गर्ने भएका छन् । आगामी भदौदेखि छायांकन सुरु हुन लागेको फिल्मको निर्माण सुदर्शन आफैंले गर्नेछन् ।

अघिल्लो वर्ष अभिनेत्री पूजा शर्माको निर्माण र सुदर्शन थापाको निर्देशन रहने एक फिल्ममा अनमोललाई अनुबन्धित गरिएको थियो । पछि विभिन्न कारणले उक्त फिल्म बनेन । स्रोतका अनुसार, त्यहीबेलाको सम्झौतामा रहेर अनमोलले सुदर्शनसँग ‘रावायण’ गर्न लागेका हुन् । उनले भदौमा फिल्म ‘फर्की फर्की’मा काम गर्ने चर्चा थियो । तर, अब उनले ‘रावायण’लाई प्राथमिकता दिएका छन् ।

एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदैछन् । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङको नाम चर्चामा छ । तर, उनीसँग निर्माण टिमको सम्झौता भैसकेको छैन । ‘फर्की फर्की’मा पनि अनमोल र जसिताको जोडी बाँधिने निश्चित भैसकेको छ । प्राप्त जानकारी अनुसार, ‘रावायण’को लेखन शिवम अधिकारीले गरिरहेका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छड्के २’को असफलतापछि करिअर र फिल्म छनोटलाई लिएर गम्भीर देखिएका अनमोललाई अब आउने फिल्म व्यावसायिक रुपमा सफल हुनुपर्ने दबाब छ । यस वर्ष उनका एउटा पनि फिल्म रिलिज हुने छैनन् । ज्योतिषले उनलाई यो वर्ष फिल्म रिलिज नगर्न सुझाव दिएको जनाइएको छ । ‘रावायण’पछि अनमोलले ‘फर्की फर्की’मा काम गर्न सक्नेछन् ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services