प्रवासी नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह
प्रकाशित मितिः3 years ago

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि  ‘बिना ढेउवा केु।’ अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए ।

(Visited 13 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services