राखु समाज अष्ट्रेलियाको अध्यक्षमा शिव रकाल ठकुरी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । पढाई र रोजगारीको सिलसिलामा अष्ट्रेलिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरेका छन् ।

अष्ट्रेलियमा रहेका राखुका युवाहरुले दोस्रो अधिवेशनबाट समाजको अध्यक्षमा शिव रकाल ठकुरीलाई चयन गरेका छन् । उहाँ यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहनुभएको थियो । समितिको निर्वतमान अध्यक्षमा सतिस भण्डारी रहेका छन् । समाजको उपाध्यक्षमा ईश्वर खत्री, महासचिवमा कृष्ण भण्डारी, सचिवमा आशिष खत्री कोषाध्यक्षमा पूजा खत्री, सह– कोषाध्यक्षमा नविन क्षेत्री रहेको उपाध्यक्ष ईश्वर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै समितिको सदस्यहरुमा विशेष मल्ल, रोयल क्षत्री, सुशन खत्री, गणेश भण्डारी, शिव सुवेदी, उज्जल केसी, संगिता खत्री, कृष्ण खत्री, सागर खत्री, सुजन भण्डारी, सुवास केसी, सफल कार्की, गणेश मल्ल, रोशन विक, सुदन शर्मा, मञ्जु भण्डारी रहेका छन् । समितिले सांस्कृतिक संयोजकमा गकुल भण्डारी, खेलुकद संयोजकमा रञ्जित शाही र कार्यक्रम संयोजकमा अमन भण्डारीलाई चयन गरेको छ।

त्यस्तै समितिको सल्लाकारमा विपिन भण्डारी, विजन मल्ल, सुरेश श्रेष्ठ, प्रकाश कार्की, पवन कटुवाल रहेका छन् । रोजगार र पढाईको शिलशिलामा आउने राखुबासीको समस्यामा सहयोग उद्देश्यले गठित राखु समाजले राखुको विपन्न परिवारको उपचार तथा शिक्षा र स्वास्थ्यमा विभिन्न सामाग्री सहयोग उपलब्ध गराउदै आएको जानकारी गराउदै आगामी दिनमा यसलाई निरन्तरता दिने योजना रहेको उपाध्यक्ष खत्रीले बताउनुभयो । (साभार: कोरला पोष्ट डटकम)

(Visited 45 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services