Archives

तिहारलाई अस्ट्रेलियामा राष्ट्रिय पर्वको मान्यता दिन माग

६ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली र भारतीय समुदायले तिहारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्दै उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ । अस्ट्रेलियाको हरेक राज्य र टेरोटरीमा भव्य रुपमा मनाइने तिहार अर्थात दिवालीले यहाँका बहुसाँस्कृतिक चरित्रलाई थप बलियो बनाएको भन्दै हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको हो । […]

दसै तिहारलाई अस्ट्रेलियाको क्यालेन्डरमै समावेश गर्न माग

६ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय संसदमा अक्टोबर महिनालाई हिन्दु ह्यारिटिज महिनाको रुपमा मनाउनुपर्ने माग उठेको छ । हिन्दु क्यालेन्डर अनुसार, दसै, तिहार, लक्ष्मी पुजा, छठ जस्ता महत्वपूर्ण तिथीहरु अक्टोबर महिनामै पर्ने भएकोले अस्ट्रेलियामा रहेका हिन्दुहरुको सम्मानका लागि हिन्दु महिना घोषणा गरिनुपर्ने माग उठेको हो । न्यू साउथ बेल्स राज्यको पारामाटा क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद […]

सिड्नीमा भाडामा बस्नेलाई कानुनी अधिकार

६ महिना अगाडि

सिड्नी । सिड्नीमा कोठाभाडामा बस्नेहरुलाई खुशी खबर रहेको छ । न्यू साउथ बेल्स राज्य सरकारले कोठा तथा अर्पाटमेन्ट भाडामा लगाउनेसम्बन्धि रेन्टल रिर्फम ल, पाश गरेसँगै भाडा बस्नेहरुलाई महत्वपूर्ण कानुनी अधिकार प्राप्त भएको छ । यसबाट सिड्नी लगायत आसपासका सबबहरुमा बस्ने २० लाख भन्दा बढी सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त हुने, सरकारी दाबी रहेको छ । सरकारले […]

मेलर्बनमा छठ पर्व मनाईने

६ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको मेलर्बनमा भव्य रुपमा छठ पर्व मनाईने भएको छ । मधेशी कम्यूनिटी अफ भिक्टोरियाले नेपालको तराई क्षेत्रमा विशेष रुपले मनाईने छठ पर्व यसबर्ष नोम्भेबर ७ र ८ तारिख मेलर्बनमा धुमधामका साथ मनाउन लागेको हो । मेलर्बनमा रहेको अस्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरमा छठको विधीबिधान अनुसार पर्व मनाईने मधेशी कम्यूनिटी अफ भिक्टोरियाका सञ्चार संयोजक सञ्जिब […]

ब्रिसबेन बन्यो अस्ट्रेलियाको सबैभन्दा खुशी शहर

६ महिना अगाडि

सिड्नी । क्वीइन्स्ल्याण्ड राज्यको राजधानी ब्रिसबेन, अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको छ । विश्व ह्याप्पी सिटी इन्डेक्सले विभिन्न मापदण्ड र सर्वेक्षणका आधारमा विश्वभर खुशी शहरहरुको सुची सार्वजनिक गर्दा, ब्रिसबेन विश्वको २१ औै र अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको हो । नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेनमा २५ लाखको हाराहारीमा जनसँख्या रहेको बताईएको छ । […]

अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृत हुने दर उच्च

६ महिना अगाडि

सिड्नी । उच्च शिक्षा र रोजगारको आकर्षक गन्तव्य, अस्ट्रेलियामा भिसा आवेदन अस्वीकृत हुने दर ह्वात्तै बढेको छ । गत जुलाई १ गतेबाट नयाँ आप्रवासी नियम कार्यान्वयनमा आएसँगै भिसा आवेदन अस्वीकृत हुने क्रम अस्वभाविक तरिकाले बढेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २०२३ मा २४ प्रतिशत भिसा अस्वीकृत हुने गरेकोमा सन् २०२४ मा ५० प्रतिशत पुगेको […]

ब्रिसबेनमा घट्ला त कोठा भाडाको मुल्य ?

६ महिना अगाडि

सिड्नी । घर र अर्पाटमेन्टको अभाबमा कोठाभाडा अत्यधिक महँगो भइरहेको सन्र्दभमा अस्ट्रेलियाको संघीय सरकारले क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा ११ सय घर निर्माण गर्ने घोषणा गरेको छ । नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेन आसपासका क्षेत्रमा अहिले पनि घर र कोठाको अभाबमा अन्तराष्ट्रिय विद्यार्थी र मध्यम आय भएकाहरु समस्यामा रहेका छन् । संघीय सरकारले साउथ […]

अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ

६ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा ब्रिजिङ भिसाको चाङ लागेको छ । कुनै पनि भिसाको निर्णय हुनुअघि सरकारले आवेदनकर्तालाई दिने भिसाको रुपमा रहेको ब्रिजिङ भिसाको सँख्या एकबर्षको अवधिमा अत्यधिक रुपमा बढेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियन फाइनान्स रिभ्युले गत साता सार्वजनिक गरेको एक रिर्पोटमा ब्रिजिङ भिसाको सँख्या एकबर्षमा १ लाख ९१ हजार २३५ बाट ३ लाख २३ हजार […]

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी निर्वाचित

६ महिना अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको हालै सिड्नीमा सम्पन्न अधिवेशनबाट दिपेन्द्रको अध्यक्षतामा सन् २०२४–२६ का लागि नयाँ कार्य समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश थापा, उपाध्यक्षमा गंगा फगामी,महासचिवमा रिम भण्डारी, सचिवमा किशन पुन, उपसचिवमा नबिन छन्त्याल, कोषाध्यक्षमा उमेश पुन, उप–कोषाध्यक्षमा बिज्ञान जुग्जाली […]

क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

६ महिना अगाडि

काठमाडौं । क्यानडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी)ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो । अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल […]

© 2023. All rights reserved. Designed By:  HK Web Services