पर्थमा हुने नेपाल फेस्टिभलको तयारी पूरा, १० हजार बढीले अवलोकन गर्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको पर्थमा शनिबार हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको फेस्टिबलले नेपाली कला, संस्कृति परम्पराको जर्गेनासँगै प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई सफल बनाउनका लागि सम्पुर्ण तयारीहरु पुरा भएको र पाहुनालाई स्वागतका लागि आतुर रहेको आयोजकको भनाई छ ।नेपाल फेस्टिवलले कला संस्कृति झल्काउनुका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताएका छन् ।

फेस्टिभललाई सफल बनाउन नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु लागि परेका छन् । फेस्टिभलमा एनआरएनएका उच्च नेतृत्वको उपस्थिति रहनेछन् भने ख्याती प्राप्त कलाकारहरु बद्री पंगेनी, आस्था राउतसँगै दि एक्स व्याण्डको बेजोड साँगेतिक प्रस्तुती रहनेछन् ।

सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा सहित सुरु हुने फेस्टिभल राति ९ बजे आतिशबाजीका साथ सम्पन्न हुनेछ भने करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ ।एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलिया संयोजक घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिवलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने भएका छन् । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट मात्र नभएर विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ ।

नेपाल फेस्टिभलमा निशुल्क प्रवेशको व्यवस्था रहेकाले स्वदेशी तथा विदेशी गरेर १२ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ । नेपाल फेष्टिवल दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुँदै विभिन्न कार्यक्रमका साथमा राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services