नेपालको राजनीतिमा प्रवासीहरुको भुमिका महत्वपूर्णः लिङ्देन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्वाचनमा विदेशमा रहने नेपालीको भूमिका बढ्दै गएको बताएका छन् । राप्रपा निकट ओभर्सिज नेपलिज युनिफाइड सोसाइटीले अष्ट्रेलियाको मेलबर्नमा गरेको कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नेपालको राजनीति नेपालमै रहने नेपालीको हातमा मात्र नरहेको बताए।

२०७९ को निर्वाचनमा मेरो विचारसँग सहमत नभएका मतदाताले मलाई आफ्नो घरमा एक्लै आउन भन्न भयो। छोराले विदेशबाट राजेन्द्र लिङ्देनलाई भोट दिन भनेको खबर सुनाउनुभयो,’ गत निर्वाचनको प्रसँग सुनाउँदै लिङ्देनले भने, ‘मलाई माइलाले तिमीलाई भोट दिनु भनेको छ। यो कुरा कसैलाई नभन्नु तर भोट तिमिले पायौं।’

अध्ययन र रोजगारीको सिलसिलामा विदेश गएका युवाहरुले आफ्नो परिवारको भोट प्रभावित पार्न थालेको उनले बताए। ‘त्यसैले नेपाल अब भूगोलको नेपाल मात्रै रहेन, भावनाको नेपाल पनि ठूलो हुन थाल्यो भनेर भन्ने गरेको छु,’ उनले भने।विदेशमा बस्ने नेपालीहरूको लगानीको वातावरण सहज बनाउन आफू तयार रहेको समेत बताए। भ्रष्टचार र सुशासनमा आफू प्रतिबद्ध रहेको भन्दै उनले आफ्नो पार्टीको सरकार भएमा भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने बताए।हिन्दु राज्य कायम गर्ने विषयमा कांग्रेसमा समेत आवाज उठ्न थालेको भन्दै कांग्रेस, एमाले र माओवादीले यसमा समर्थन गर्ने दिन आउने उनको दावी छ।

(Visited 23 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services