
सिड्नी । नेपालका तीव्र गतिका बलर अभिनास बोहराले अस्ट्रेलियाको सिड्नीस्थित स्थानीय क्लबबाट क्रिकेट खेल्ने भएका छन्। बोहराले एपिङ बुल्स क्रिकेट क्लबसँग सम्झौता गरेका छन्। क्लबले उनीसँग सम्झौता भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
उनी सिजन २०२४(२५ सम्मका लागि आबद्ध भएको क्लबको भनाइ छ। क्लबले सिड्नीको प्रदेश स्तरको क्रिकेट प्रतियोगिता खेल्ने गर्छन्। विभिन्न स्थानीय प्रतियोगिताका खेल्नका लागि उनी सिनियर टोलीमा आबद्ध भएका हुन्।
‘क्लबमा एक अन्तर्राष्ट्रिय क्रिकेटर पाएकोमा हामी धेरै उत्साहित छौं,’ क्लबको भनाइ छ। गत असारमा अमेरिका र वेस्ट इन्डिजमा सकिएको आइसिसी टी(२० विश्वकप २०२४ मा अभिनास नेपाली टोलीका महत्वपूर्ण बलर थिए। विश्वकप खेलेर उनी अस्ट्रेलिया पुगेका थिए। पारिवारिक कारणले अस्ट्रेलियामा बस्दै आएका अभिनासका लागि त्यहाँको क्लबमा आबद्ध भएपछि सहज भएको छ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services