Archives

एडिलेडमा सडक दुर्घटनामा गम्भिर घाइते निराजनलाई बचाउन अभियान

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको एडिलेडमा सडक दुर्घटना परि नेपाली आमा र छोरीको ज्यान गएको छ । दुर्घटनामा परि छोरा पनि गम्भिर घाइते भएका छन् । गत सोमबार एडिलेडको वाटल फ्लटस्थित मेन साउथ रोडमा ट्रक र कार ठोक्किँदा कार सवार आमा छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गम्भिर घाइते भएका छोरा निराजन श्रेष्ठको अहिले […]

अस्ट्रेलियामा नेपाली भाषा–संस्कृति पढाउने १०० भन्दा बढी संस्था

१ वर्ष अगाडि

विदेश गएका नेपालीका छोराछोरीले नेपाली भाषा, संस्कृति र परम्परा कसरी जान्न सक्लान् ? यो प्रायः उठिरहने प्रश्न हो । धेरैलाई लाग्छ, विदेशमा जन्मेपछि उनीहरुले नेपाली भाषा, संस्कार-संस्कृति, चाडवाड सवै भुल्छन्, तर अस्ट्रेलियाको अवस्था अलि फरक छ । नेपाली भाषा अध्ययन हुने स्कूलको रुपमा सिड्नीमा मात्र १२ वटा स्थान छन् । जसमध्ये शब्दमाला क्याम्प्सी, कार्लटन, ग्रानभिल, […]

काठमाडौं विमानस्थल दैनिक १० घण्टा बन्द

१ वर्ष अगाडि

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गरिने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो ।विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं […]

तत्काल एकता महाधिवेशन गर्न एनआरएनएलाई परराष्ट्रमन्त्रीको ताकेता

१ वर्ष अगाडि

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशनको गृहकार्य अगाडि बढाउन आग्रह गरेकी छन् ।एनआरएनएका प्रतिनिधिहरुलाई बुधबार आफ्नै कार्यकक्षमा बोलाएर परराष्ट्रमन्त्री डा।आरजु राणाले सर्वोच्च अदालतको फैसला अनुसार एकता महाधिवेशनको तयारी गर्न आग्रह गरेकी हुन् । न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले २१ चैत पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा […]

नेपालमा सूचीकृत भयो टिकटक

१ वर्ष अगाडि

काठमाडौँ । प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो । […]

छन्त्याल परिवार अस्ट्रेलियाको अध्यक्षमा बुद्धिमान छन्त्याल निर्वाचित

१ वर्ष अगाडि

सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)को अध्यक्षमा बुद्धिमान छन्त्याल निर्वाचित भएका छन् । शनिबार क्यान्टबरीस्थित जनजाति हलमा सम्पन्न बार्षिक साधारणसभा एवम् अधिवेशनबाट बुद्धिमान दोश्रो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । सिपिएको उपाध्यक्षमा धनबहादुर घरब्जा छन्त्याल र धन बहादुर खड्का छन्त्याल, महिला उपाध्यक्षमा जगमायाँ छन्त्याल (जेनिशा), महासचिबमा कुमार छन्त्याल, सचिबमा कृष्ण छन्त्याल, कोषाध्यक्षमा किरण […]

अस्ट्रेलियामाथि नेपालको शानदार जित

१ वर्ष अगाडि

काठमाडौं । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियालाई पराजित गरेको छ । एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । त्यसअघि शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो […]

तिहारलाई अस्ट्रेलियामा राष्ट्रिय पर्वको मान्यता दिन माग

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली र भारतीय समुदायले तिहारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्दै उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ । अस्ट्रेलियाको हरेक राज्य र टेरोटरीमा भव्य रुपमा मनाइने तिहार अर्थात दिवालीले यहाँका बहुसाँस्कृतिक चरित्रलाई थप बलियो बनाएको भन्दै हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको हो । […]

दसै तिहारलाई अस्ट्रेलियाको क्यालेन्डरमै समावेश गर्न माग

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय संसदमा अक्टोबर महिनालाई हिन्दु ह्यारिटिज महिनाको रुपमा मनाउनुपर्ने माग उठेको छ । हिन्दु क्यालेन्डर अनुसार, दसै, तिहार, लक्ष्मी पुजा, छठ जस्ता महत्वपूर्ण तिथीहरु अक्टोबर महिनामै पर्ने भएकोले अस्ट्रेलियामा रहेका हिन्दुहरुको सम्मानका लागि हिन्दु महिना घोषणा गरिनुपर्ने माग उठेको हो । न्यू साउथ बेल्स राज्यको पारामाटा क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद […]

सिड्नीमा भाडामा बस्नेलाई कानुनी अधिकार

१ वर्ष अगाडि

सिड्नी । सिड्नीमा कोठाभाडामा बस्नेहरुलाई खुशी खबर रहेको छ । न्यू साउथ बेल्स राज्य सरकारले कोठा तथा अर्पाटमेन्ट भाडामा लगाउनेसम्बन्धि रेन्टल रिर्फम ल, पाश गरेसँगै भाडा बस्नेहरुलाई महत्वपूर्ण कानुनी अधिकार प्राप्त भएको छ । यसबाट सिड्नी लगायत आसपासका सबबहरुमा बस्ने २० लाख भन्दा बढी सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त हुने, सरकारी दाबी रहेको छ । सरकारले […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services