नारी दिवसको अवसरमा एडिलेडमा महिला भलिबल प्रतियोगिता हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अस्ट्रेलियाको एडिलेडमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली भाषी भुटानी समुदायको संलग्नतामा स्थापना भएको अजी ड्रग भलिबल क्लब एडिलेडले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अप्रिल २५ तारिखमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म एडिलेडको नर्दन सबबस्थित टिन्डेल क्रिश्चयन विद्यालयमा सञ्चालन हुने क्लबले जनाएको छ । क्लबका अध्यक्ष क्रिश पौड्यालले नारीको सम्मानका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न समुदायबाट सहभागिताको अपेक्षा गरिएको जानकारी दिए । ‘यो प्रतियोगिताले खेलसँगै समुदायबीच भातृत्वको भावना विकास गर्नेछ भने स्टल मार्फत विभिन्न किसिमका खानाहरुको प्रचारप्रसार पनि हुनेछ’ उनले भने ।

प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा अस्ट्रेलियन डलर पाँच सय १ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा तीन सय ५१ अस्ट्रेलियन डलर प्रदान गरिने अध्यक्ष पौड्यालले जानकारी दिए । क्लबले एडिलेडमा सार्वजनिक पार्क सरसफाई देखि अन्य रचनात्मक कार्य गर्दै आएको जनाएको छ ।

(Visited 66 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services