अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली बस्ने १० सबब
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको जनसँख्या दिनप्रतिदिन बढ्दै गएको छ । रोजगार र उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनिरहेको अस्ट्रेलियामा अहिले विद्यार्थी र अभिभाभवक गरि २ लाखको हाराहारीमा नेपालीहरुको वशोवाश रहेको अनुमान गरिएको छ ।

पछिल्लो सरकारी तथ्यांक अनुसार, न्यू साउथ बेल्स र भिक्टोरिया राज्यमा नेपालीहरुको सबैभन्दा बढी जनसँख्या रहेको देखाएको छ । त्यसका साथै क्वीइन्सल्याण्ड, एडिलेड, डार्विन लगायतका शहरहरुमा पनि नेपालीहरुको जनसँख्या बढ्दो क्रममा रहेको बताईएको छ । अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली बस्ने १० सबवमा, न्यू साउथ बेल्स र भिक्टोरिया राज्यका सबबहरु परेका छन् ।

नम्बर एकमा सिड्नीको अर्बन रहेका छन्, जहाँ १० हजारको हाराहारीमा नेपालीहरुको वशोवाश रहेको अनुमान गरिएको छ । त्यस्तै, सिड्नीको हस्टभिल, स्टाटफिल्ड, रकडेल, क्याम्सी, ग्रानभिल, कोगराह, पारामाटा र एसफिल्डमा नेपालीहरुको बाक्लो वशोवाश रहेको छ उता, भिक्टोरिया राज्यको गिलेनरोइ सबब पनि नेपाली समुदायको पहिलो रोजाइमा परेका छन् । यी सबबहरुमा नेपाली समुदायको जनसँख्या बढ्नुका साथै सुन देखि किराना र होटल देखि होलसेलसम्मका व्यापार व्यवसाय खुल्ने क्रम पनि बढ्दै गएको छ ।

(Visited 26 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services