बेनी एफसी अस्ट्रेलियाको अध्यक्षमा सुरज
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बेनी फुटबल क्लब (एफसी)को अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् । सिड्नीस्थित लेपिङटनमा हालै सम्पन्न क्लबको वार्षिक साधरणसभा एवम दोस्रो अधिवेशनले तुलाचनको अध्यक्षतामा दुईबर्षे कार्यकालका लागि सर्वसूम्मत कार्यसमित चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा हरि गिरी, सचिबमा प्रदिप अधिकारी कोषाध्यक्षमा दिपक घर्ति मगर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश खत्री, लक्की श्रेष्ठ, आशिस कर्मचार्य, दिनेश ओली, डिम्पल छन्त्याल, सुसन श्रेष्ठ, रोसन खत्री, रोमन भण्डारी, सर्बिन श्रेष्ठ, सनिल श्रेष्ठ, धिरज बानिया र गणेश बोगटी चयन भएका छन। नव निर्वाचित अध्यक्ष तुलाचनले आगामी दिनमा क्लबको बृहत्तर हितका लागि समुदाय र अन्य क्लबहरुसँगको सम्बन्धलाई मजबुत बनाउदै नयाँ खालको कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका थिए।

निर्वतमान अध्यक्ष सुसन श्रेष्ठको सभापतित्व, क्लबका संस्थापक अध्यक्ष रोसन खत्रीको प्रमुख अतिथी र सचिव हरि गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनी एफसीले सिड्नीका अतिरिक्त अन्य शहरहरुमा नेपाली समुदायले आयोजना गर्ने फुटबल प्रतियोगितामा सहभागिता जनाउदै आएको छ ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services