सिड्नीको अर्बनमा सञ्चालित ‘ठेला’ लोकप्रिय बन्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित अर्वन पार्कमा सञ्चालित नेपाली ‘स्ट्रिट फुड’ ठेला अहिले लोकप्रिय बन्दै गएको छ ।

स्थानीय काउन्सिलबाट अनुमति लिएर सञ्चालित ठेलामा मःम, चाउमिन, चटपटे लगायतका नेपाली परिकार खान पाइन्छ । युवा उद्यमी पुजा अर्याल र उनको परिवारले सुरु गरेको यो व्यवसाय सफल भएपछि, अहिले अर्वन पार्क वरपर स्टिट्र फुडको व्यवसाय सञ्चालन गर्नेहरु बढ्दै गएका छन् ।

त्यहाँ पुग्ने नेपाली विद्यार्थी र अभिभावकहरु पनि नेपालकै झल्को मेटिएको बताउने गरेका छन् । ठेलाकी सञ्चालिकी अर्यालले, नेपाली परिकारको थप बजारीकरणका लागि स्ट्रिट फुड सञ्चालन गरिएको बताउछिन् ।

(Visited 37 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services